एक हजार ४१ विद्यार्थीलाई गाउँपालिकाले  दियाे सौर्यबत्ती

एक हजार ४१ विद्यार्थीलाई गाउँपालिकाले  दियाे सौर्यबत्ती

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ २२, २०७६

जुम्ला । सिञ्जा गाउँपालिकाले १२ विद्यालयका विद्यार्थीलाई निःशुल्क सौर्यबत्ती वितरण गरेको छ । 

गाउँपालिकाको जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत विद्यार्थीको पठनपाठनमा सहज होस भन्ने उद्देश्य यी  सौर्यबत्ती वितरण गाउँपालिकाले जनाएको छ ।  

गाउँपालिकाले कक्षा ८, ९ र १० सम्म सञ्चालन गरेको माध्यामिक विद्यालयलाई निःशुल्क सौर्यबत्ती वितरण गरिएको हो ।  कक्षा ८ का ७०५, कक्षा ९ का ३२१ र कक्षा १० का ३१५ गरी एक हजार ४१ विद्यार्थीलाई सौर्यबत्ती वितरण गरिएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । 

यसरी सौर्यबत्ती वितरण गरिएका विद्यालयहरुमा भैरव माध्यमिक विद्यालय, आधारभूत विद्यालय, जनज्योति आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, केदारनाथ आधारभूत विद्यालय, देउती आधारभूत विद्यालय, महादेव मावि, कैलाश मावि, शारदा आधारभूत विद्यालय र फोटासिली आधारभूत विद्यालयका विद्यार्थीलाई सौर्यबत्ती वितरण गरिएको  नगरपालिकाका कार्यकारी अधिकृत पदमबहादुर भण्डारीले जनाकारी दिनुभएको छ ।

 वितरण गरिएको सौर्यबत्तीमा दुई वटा बल्व, एउटा सोलार पाता र ब्याट्रीसहित १० वाटको सोलार बत्ती वितरण रहेको छ ।