आजदेखि तातोपानी नाका खुल्ने

आजदेखि तातोपानी नाका खुल्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १५, २०८०

सिन्धुपाल्चोक ।  चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि  खुल्ने भएको छ ।

लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि  खुल्ने भएको हो । 

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । 'नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ', उहाँले भन्नुभयो ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताउनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।