बढ्यो पेट्रोलियम पदार्थको मूल्य : एलपी ग्यास प्रतिसिलिन्डर 2३५ ले बृद्धि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य : एलपी ग्यास प्रतिसिलिन्डर 2३५ ले बृद्धि

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १४, २०८०


काठमाडौँ, १४ भदौ स् सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रति सिलिन्डर  २ सय ३५ ले बढेको हो  । 

निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव १७ र  दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर  एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।