देउवाको संकट : नेतृत्व कोइराला परिवारलाई सुम्पिने रहर कि बाध्यता ?

लोकसंवाद टिप्पणी

देउवाको संकट : नेतृत्व कोइराला परिवारलाई सुम्पिने रहर कि बाध्यता ?

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १९, २०८०

नेपाली काँग्रेसलाई लामो समय नेतृत्व गरेको कोइराला परिवार गत महाधिवेशनमा विभाजित बन्यो । १३औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट महामन्त्री जितेका बीपी पुत्र शशांक कोइराला १४औं महाधिवेशनमा देउवा समूहमा लागे भने स्वयम् पौडेल पनि सभापतिमा आफूलाई उम्मेदवार बनाउन संस्थापन इतर समूह एकजुट नभएपछि अन्तिम समयमा आएर तटस्थ बसिदिए ।

गिरिजा पुत्री सुजाता कोइराला गणेशमान पुत्र प्रकाशमान समूहबाट उपसभापतिको उम्मेदवार बनिन् । संस्थापन इतर समूहबाट देउवालाई शेखर कोइरालाले सभापतिमा चुनौती दिँदा उनका भाइबहिनी भने देउवा खेमामा पुगिसकेका थिए । 

काँग्रेसमा १५औं महाधिवेशन आउन सामान्य अवस्थामा पनि अब झण्डै ३ वर्ष बाँकी छ । तर अबको महाधिवेशनका लागि गतिविधि सुरु भइसकेका छन् । आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने शर्तमा गगन थापा देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए । तर उनले

आफ्नै समूहको पूरा मत र साथ पाउन सकेनन् । यो प्रकरणले संस्थापन इतर समूहमा अविश्वासको अवस्था रहेको देखिन्छ । तर पछिल्लो समयमा पनि संस्थापन इतर समूह एकजुट हुने प्रयासमा रहेको पाइएको छ । जुन समूहमा यसअघि देउवा नजिक रहेका र गत महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि

प्रकाशमान सिंहको समूहबाट महामन्त्रीका उम्मेदवार बनेर विजयी भएका विश्वप्रकाश शर्मा र कृष्ण सिटौला समूहमा रहेर देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका प्रदिप पौडेललाई पनि जोड्ने कोशिस भइरहेको छ । 

अघिल्लो महाधिवेशनमा नै अन्तिम पटक भन्दै सभापतिको उम्मेदवार बनेका देउवा अब कसलाई नेतृत्वमा अघि सार्ने भन्ने अन्योलमा देखिन्छन् । १३औं महाधिवेशनसम्म आफ्नो समूहमा रहेका र प्रजातान्त्रिक आन्दोलनका योद्धा महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिले गत महाधिवेशनबाट देउवाको आग्रह लत्याउँदै आफैं सभापतिका लागि उम्मेदवार बनेपछि उनले पूर्णबहादुर खड्कालाई उपसभापति बनाए ।

भेलामा सहभागीहरु शेखरलाई साथमै राखेर सशक्त टिम बनाउन सहमत भएका छन् । अबको महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्ण सिटौलाका समूह कता जोडिन्छन् भन्ने स्पष्ट छैन । तर यी समूहले गत महाधिवेशनमा सभापतिको दोस्रो चरणमा देउवालाई साथ दिएका थिए ।

देउवा समूहका अर्का प्रभावशाली नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि जेल परेपछि अब देउवा समूहमा काँग्रेसलाई नेतृत्व गर्नसक्ने पात्रको खोजी सुरु भएको छ । जसमा देउवाले शशांक कोइरालालाई अघि सार्नसक्ने सम्भावना रहेको काँग्रेस निकट स्रोत बताउँछ ।

त्यसो त संस्थापन इतर समूहलाई प्रभावकारी रुपमा अघि नबढाएका र सभापति देउवाले आफू अनुकूल भ्रातृ र शुभेच्छुक संगठनमा नेतृत्व परिवर्तन गर्दा पनि शेखर कोइरालाले हस्तक्षेपकारी भूमिका अघि बढाएका छैनन् । सरकारमा सहभागितादेखि नियुक्तिमा समेत देउवाको कदमको विरोध उनले गरेका छैनन् । यसबाट आगामी महाधिवेशनमा शेखर नै देउवाको उम्मेदवार बन्नसक्ने सम्भावनालाई पनि नकार्न नसकिने स्रोत बताउँछ । 

यद्यपि देउवाले शशांकलाई अघि बढाएको र शेखरले संस्थापन इतर समूहलाई एकजुट बनाएको अवस्थामा अबको महाधिवेशनमा काँग्रेसमा शेखर विरुद्ध शशांकको भिडन्त हुने सम्भावना पनि रहेको छ । नेपाली काँग्रेसको इतिहासमा कोइराला परिवारविरुद्ध कोइराला परिवार नै आधिकारिक रुपमा महाधिवेशनमा प्रतिद्वन्द्वी बन्ने अवस्थाको विकास हुन थालेको छ । यस्तो अवस्थामा जुनसुकै रुपमा काँग्रेसको अबको नेतृत्व फेरि कोइराला परिवारमा फर्किने सम्भावना बढ्दो छ । 

काँग्रेसमा आगामी महाधिवेशनका लागि कोशिस सुरु भइरहँदा केही दिनअघिमात्रै अर्जुननरसिंह केसीको पहलमा संस्थापन इतर समूहका नेताको बैठक बसेको छ । जसमा शेखर सहभागी भएनन् । तर विश्वप्रकाश शर्मा र प्रदिप पौडेल भेलामा उपस्थित थिए ।

तर भेलामा सहभागीहरु शेखरलाई साथमै राखेर सशक्त टिम बनाउन सहमत भएका छन् । अबको महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्ण सिटौलाका समूह कता जोडिन्छन् भन्ने स्पष्ट छैन । तर यी समूहले गत महाधिवेशनमा सभापतिको दोस्रो चरणमा देउवालाई साथ दिएका थिए । अब देउवाजतिको उचाइको नेता नहुने र आफैं सभापतिमा जित्ने अवस्था नहुँदा कता जान्छन् भन्ने विषय रोचक हुनेछ ।