जाजरकोट जिल्ला अस्पतालको सेवा अब सफ्टवेयर मार्फत !

जाजरकोट जिल्ला अस्पतालको सेवा अब सफ्टवेयर मार्फत !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २२, २०७६

जाजरकोट । जाजरकोट स्थित जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएम आईएस) जडान गरिएको  अस्पतालले जनाएको छ । भेरी नगरपालिकाको रु ६ लाख अनुदान  सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो । 

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पताललाई २०७६ जेठ २१ गते मंगलबार उक्त सफ्टवेयर हस्तान्तरणलाई सम्बोधन गर्दै– ‘नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी बनाउन अस्पतालमा नयाँ व्यवस्था  गरिएको’ बताउनु भयो । 

 अस्पतालको चौतर्फी विकास तथा ब्यवस्थापनमा भेरी नगरपालिकाले सकृयता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिनुभएको थियो  ।