'बाआमा'ले हात पार्‍यो,  लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८०

'बाआमा'ले हात पार्‍यो,  लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८०

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०८०

 सर्लाही । लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८०'  का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ ।

स्वतन्त्र विज्ञहरू सहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरू मध्येबाट रामलाल जोशीकृत 'बाआमा'  आख्यानले ' लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८०ु हात पारेको छ । स्वतन्त्र विज्ञहरू सहितको पुरस्कार छनोट समितिले छनोट गरेको उत्कृष्ट एक कृति 'बाआमा' सिफारिस गरेपछि परिषद्ले एक विज्ञप्तिमार्फत आज सार्वजनिक गरेको छ। लालबन्दी नगर वाङ्‌मय परिषद्ले 'लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८०' का लागि उत्कृष्ट दश कृतिहरू २०८० भदौ ९ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो । 

'लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार (२०८०ु नेपाली भाषा तथा साहित्य सेवक एवम् अध्यापक देवराज पौडेलले पाउने भएका छन् । लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि रु।१० हजार र  लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९ (राष्ट्रिय) को पुरस्कार राशि   ५० हजार रहेको लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।