एनआरएनए पोल्याण्डको संरक्षक र सल्लाहकारहरुको चयन

एनआरएनए पोल्याण्डको संरक्षक र सल्लाहकारहरुको चयन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २१, २०८०

पोल्याण्ड ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोल्याण्डको नवनिर्वाचित नेतृत्वले विभिन्न पदहरूमा मनोनयन गरेको छ।संघको सम्पन्न बैठकले सन् २०२३-२५ का लागि संरक्षक र सल्लाहकार चयन गरेको हो।

अध्यक्ष नरेश सापकोटाका अनुसार बैठकले संघको प्रमुख संरक्षकमा गोपाल राईलाई चयन गर्ने निर्णय गरेको छ।राई हाल एनआरएनए आईसीसी सदस्य तथा पोल्याण्डका पूर्व अध्यक्ष हुन्।संघको संरक्षकहरुमा जीवन केसी र टोप बहादुर गैरे क्षेत्रीलाई मनोनयन गरिएको छ।केसी एनआरएनए पोल्याण्डका निवर्तमान अध्यक्ष हुन् भने गैरे संस्थापक सदस्य हुन्।

बैठकले संघको प्रमुख सल्लाहकारमा कविन्द्र सुबेदीलाई चयन गरेको छ। त्यसैगरी अन्य सल्लाहकारमा टंक कटवाल,नारायण चालिसे,इश्वर देवकोटा,  शेरबहादुर परियार तथा भिमलाल उपाध्याय (विदुर)लाई मनोनयन गरिएको छ।

पोल्याण्डमा बसोबास गर्दे आएका नेपाली समुदायका सबै क्षेत्रका अगुवाहरु लाई संघको संरक्षक तथा सल्लाहकारमा मनोनयन गरिएको अध्यक्ष नरेश सापकोटाले बताए। सबैसFग सल्लाह सुझाव तथा सहकार्य गर्दे एनआरएनए पोल्याण्ड अघि बढ्ने उनले बताए।

जुलाई ३० मा भएको सातौं महाधिवेशनले नरेश सापकोटाको अध्यक्षतामा एनआरएनए पोल्याण्डको सर्वसम्मत कार्यसमिति चयन भएको हो।