नेपालमा पायलट बाबाको आध्यात्मिक शिविर मङ्सिर ८ देखि १२ गतेसम्म

नेपालमा पायलट बाबाको आध्यात्मिक शिविर मङ्सिर ८ देखि १२ गतेसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २१, २०८०

काठमाडौँ ।  नेपालको चितवन जिल्लामा महायोगी पायलट बाबाको ५ दिने आध्यात्मिक शिविर हुने  हरिद्वार स्थित पायलट बाबा आश्रमले जनाएको  छ।

हरिद्वार स्थित पायलट बाबा आश्रम र महायोग फाउन्डेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मङ्सिर ८ (नोभेम्बर   २४) गते देखि १२ मङ्सिर (नोभेम्बर २८) सम्म चितवनको 'लेक ट्वेंटी थाउजेंड फार्म एंड रिट्रीट रिसोर्ट; मा यो आध्यात्मिक शिविर हुने  छ।

पायलट बाबा आफ्नो आध्यात्मिक योग -समाधि शिविरलाई 'क्लास' भन्न रुचाउनु हुन्छ। शिविर अवधिमा उहाँ सहभागीलाई विभिन्न यौगिक क्रिया-मुद्रा -ध्यान विधि गराउनुका साथै योगको सूक्ष्म रहस्यबारे प्रोफेसर झै क्लास लिनु हुन्छ। 

नेपालमा पहिलो पटक हुन गइरहेको पायलट बाबाको शिविर अथवा क्लास जापान-अमेरिका- रूस-यूक्रेन लगायत यूरोपका विभिन्न देशमा संचालित हुँदै आएका छन। वर्षमा झण्डै ४-५ महिना उहाँ विश्वभरी क्लास लिदैं आउनु भएकाे समेत हरिद्वार स्थित पायलट बाबा आश्रमले जनाएको छ । 

यसै क्रममा उहाँ सेप्टेम्बर १२ मा रूसमा आयोजित हुने कार्यक्रमका लागि रूस प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

आश्रमका अनुसार 'लेक ट्वेंटी थाउजेंड फार्म एंड रिट्रीटु' का संचालक देवेन लोहनीका अनुसार बाबा मङ्सिर ६ गते (नोभेम्बर २२) चितवन आई पुग्ने कार्यक्रम छ ।   बाबाको क्लास मङ्सिर ८ देखि १२ गते सम्म चल्छ । यस क्लासमा ५०-६० जना रशियनका अतिरिक्त जापान -अमेरिका-यूक्रेन -जर्मनी-इटली -टर्की-भारतबाट थुप्रै मानिस सहभागी हुन आउँछन। हामीलाई स्थान अभाव हुने चिन्ताले सताई रहेको छ। शिविरका लागि बुकिङ प्रक्रिया हरिद्वार स्थित पायलट बाबा आश्रम र लेक ट्वेंटी थाउजेंड रिसोर्ट मा प्रारम्भ भइसकेको छ ।
पायलट बाबाको मङ्सिर ६ गते देखि हुने नेपाल भ्रमणमा बाबाको शिष्याद्वय महामण्डलेश्वर योग माता चेतना, महामण्डलेश्वर योग माता श्रद्धाका साथै शिष्या सावित्री ऐमा लगायतका अन्य थुप्रैको सहभागिता हुनेछ।

बाबाको यस आध्यात्मिक शिविरका लागि भारत तथा नेपालमा कोर्डिनेशनको काम नेपाली पत्रकार ज्ञानमित्रले गरिरहेको पनि आश्रमले जानकारी दिएको छ ।