'फर्मुला वान इन स्कुल्स' फाइनल खेलको नेपाली टिम सिंगापुर जाँदै

'फर्मुला वान इन स्कुल्स' फाइनल खेलको नेपाली टिम सिंगापुर जाँदै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २२, २०८०

काठमाडौ इन्जिनियरिङ्ग कलेजका दुई विद्यार्थी सहित चार सदस्यीय नेपाली टिम 'फर्मुला वान इन स्कुल्सुको फाइनल खेलको अध्ययनको लागि आज सिंगापुर प्रस्थान गर्दैछन् ।

]नेपाल अटामोवाइल्स एसोसिएसनले अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए)को सहयोगमा गत वर्षदेखि संचालन गरेको फर्मुला वान इन स्कुल्स इन नेपाल अभियान अन्तर्गत सो टिम सिंगापुर प्रस्थान गर्न लागेको हो । 

काठमाडौ इन्जिनियरिङ्ग कलेजका आर्किटेक्ट इन्जिनियरिङका चौथो वर्षका अस्मिता बगाले र समिक्षा नेपालले सो अवसर प्राप्त गरेका हुन् । टिममा सोही कलेजका विभागीय प्रमुख ई. राजन लामा व्यवस्थापकका साथै लिगल गार्जियनको रुपमा रहनुभएको छ । नेपाल अटोमोबाइल्स संघका  ई–स्पोर्ट कमिसनका सदस्य ई. प्रवेश पौडेल सो फाइनलको जुरि टिममा रहेका छन् जो आजै टिमसँगै सिंगापुर प्रस्थान गर्नेछन् ।

काठमाडौ इन्जिनियरिङ्ग कलेजका सहायक प्रिन्सिपल सैलिता जोशी लगायत विभागीय प्रमुखहरु, संघका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष अनिल बराल, मार्शल कमिसनका प्रमुख यदुराज लामिछाने लगायत अधिकारीहरुले उनीहरुलाइ कलेजबाट बिदाई गर्नुभयो ।

यही सेप्टेम्बर १० देखि १२ सम्म सिंगापुरमा फर्मुला वान इन स्कुल्स फाइनल राउन्डमा विश्वका ६० भन्दा ज्यादा देशका विद्यार्थीहरु सहभागी हुनेछन् । जहाँ फर्मुला वान कारको डिजाइनिङ्ग र स्पीडिङ्ग, ट्रयाकको ले–आउट, इनोभेसन र टिम विल्डीङ्ग जस्ता विषयहरूको प्रतिस्पर्धा हुनेछ ।

फर्मुला वानमा प्रत्यक्ष सहभागी हुन नसक्नेहरूलाई मात्रै होइन, सक्नेको लागि पनि पहिलो खुड्किलो समेत यस कार्यक्रम र प्रतियोगितालाई मानिन्छ । 

नेपाल जस्तो देशमा महिला (गर्ल्स) विद्यार्थीलाई सहभागी गराई संचालन भइरहेको यस अभियानलाई एफ आइ ए तथा फर्मुला वानले समेत उच्च प्रशंसा गरेका छन् । दुई वर्षे यस अभियानको मुख्य पार्टनरको रुपमा काठमाडौंमा ईन्जिनियरिङ कलेज  रहेको हो ।