अष्ट्रेलिया पठाइदिन्छु भनी ९ लाख रकम ठगी गर्ने रत्न केशरी श्रेष्ठ प्रहरी खाेरमा

अष्ट्रेलिया पठाइदिन्छु भनी ९ लाख रकम ठगी गर्ने रत्न केशरी श्रेष्ठ प्रहरी खाेरमा

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ २२, २०८०

काठमाण्डौं । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन ले अष्ट्रेलिया  पठाइदिन्छु भनी रकम ठगी गर्ने रत्न केशरी श्रेष्ठ पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको जनाएकाे छ । 

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन प्रवक्ता/सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मी जिल्ला भक्तपुर मध्यपुर ठिमि नपा वडा नं‍. ४  स्थाई घर भई हाल काजिकामनपा वडा नं २६ सामाखुशी बस्ने वर्ष ५० की रत्न केशरी श्रेष्ठले आशा माया लामालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु, त्यसको लागि २० बीस लाख रुपैयाँ  लाग्छ, अष्ट्रेलिया पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक  ३तीन लाख  भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई ९ लाख रकम लिई सम्पर्क विहीन भएकी थिइन् । 

यस सम्बन्धमा वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरे अनुसार  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको  प्रहरी टोलीले रत्न केशरी श्रेष्ठको खोजतलास गर्ने क्रममा भदौ २२ गते काठमाडौँ स्थित सामाखुशीबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।