लोकसंवाद संवाददाता | कारोबार | भदौ २३, २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।
सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेतले खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् ।
विकास ऋणपत्र २०८६ ‘झ’को बोलकबोलमा लागि गते अपराह्न ३ बजेसम्मको अवधि तोकिएको छ भने भदौ २५ गते सोमबार निष्कासन हुनेछ । यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुनेछ । ब्याजको भुक्तानी अर्ध वार्षिक रूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैङ्कले जनाएको छ ।
यो विकास ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सकिने राष्ट्र बैङ्कले जनाएको छ । प्रतिस्पर्धी बोल वालालाई कुल निष्कासित रकमको ८५ प्रतिशत अर्थात रू आठ अर्ब ५० करोड अप्रतिस्पर्धी बोल वालालाई १५ प्रतिशत अर्थात रू एक अर्ब ५० करोड बराबरको ऋणपत्र छुट्याइएको छ ।
घटीमा रू ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई कन ५० हजारले भाग गर्दा निः शेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्कट एक्सचेञ्ज लिमिटेडमार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ ।