एसियन पेन्ट मिस युनिभर्सको उपाधी जैन दिपिका ग्यारेटलाई

एसियन पेन्ट मिस युनिभर्सको उपाधी  जैन दिपिका ग्यारेटलाई

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २४, २०८०

काठमाडौँ । जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी जितेकी छन् ।

चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले हात पारेकी उमंग क्रियसनले जनाएको छ  ।  

गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दिपिका ग्यारेट विजयी भएकी हुन ।  त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल हुनु भएको हो ।  

विजयी प्रतिस्पर्धिलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराउनु भएको हो । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको थियो । 

एसियन पेेन्स मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगिता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दीनि एल थापा, सौरभ ज्योति रहनुभएको थियो ।  

प्रतिस्पर्धाहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन । 

 प्रतियोगितामा टप टेन, टप फाइभ प्रतिस्पर्धीहरु छनोट गर्दै  विजेता छनोट गरेको हो । जसमा विभिन्न विधागत हिसाबमा प्रतिस्पर्धीलाई पुरस्कार एवं विषयगत टाइटलमा अवार्ड प्रदान गरेको थियो ।