बागमती प्रदेश प्रमुख शर्मा समक्ष मुख्य न्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत

बागमती प्रदेश प्रमुख शर्मा समक्ष मुख्य न्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २४, २०८०

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रदेशका मुख्य न्यायधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ  ।

प्रदेश प्रमुख शर्मा समक्ष गत आर्थिक वर्ष  ०७९र८० मा मुख्य न्यायधिवक्ताको कार्यालय, बागमती प्रदेशले गरेका कामको विवरण समेटिएको प्रतिवेदन पेश गरिएको हो ।
मुख्य न्यायाधिवक्ता नेपालले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले गत आवमा सम्पादन गरेको काम कारवाहीहरु समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख शर्माले मुख्य  न्यायधिवक्ताको कार्यालयमार्फत सरकारको प्रतिरक्षाका लागि गरिएको कामकारबाहीको प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा दत्तचित्त भएर मुख्य न्यायधिवक्ता कार्यालय लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।