सहकारी संस्थाको रकम हिनामिनाको आरोपित कुमार रम्तेललाई पक्राउ गरी कास्की पठाइयो

सहकारी संस्थाको रकम हिनामिनाको आरोपित कुमार रम्तेललाई पक्राउ गरी कास्की पठाइयो

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ २५, २०८०

काठमाडौा । सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार कुमार रम्तेल पक्राउ परेकाे काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ । 

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कास्की  स्थित सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरेको हो । 

कास्की  जिल्ला पोखरा बागलुङ बसपार्क स्थित सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल समेतले ठगी गरेको भनि वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दिएकोमा निज कुमार रम्तेल समेतको नाममा सम्मानित जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी समेत जारी भई सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका  कुमार रम्तेललाई यस काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०भदौ २५ गते  ललितपुरको  वडा नं. कुमारीपाटीबाट पक्राउ पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ । सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका  कुमार रम्तेललाई थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको  जनाइएको छ ।