मलेसिया पठाई दिन्छु भनी ठगी तुलसा वाग्लेलाई  वैदेशिक रोजगार विभाग बझाइयो

मलेसिया पठाई दिन्छु भनी ठगी तुलसा वाग्लेलाई  वैदेशिक रोजगार विभाग बझाइयो

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ २५, २०८०

काठमाडौँ ।  मलेसिया पठाई दिन्छु भनी रकम ठगी गर्ने नुवाकोट कि  तुलसा वाग्ले अधिकारीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले  पक्राउ गरेको छ । 

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार   जिल्ला नुवाकोट सुर्यगढी २ स्थाई घर भई हाल काठमाडौँको  टोखा बस्ने वर्ष २७ की तुलसा वाग्ले अधिकारीलाई पक्राउ गरेको हो । 

कार्यालय दिएको जानकारी अनुसार  खिमलाल बढा मगर समेत २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज तुलसा वाग्ले अधिकारीको खोजतलास गर्ने क्रममा मिति २०८०भदौ ।२५  समयमा टोखाबाट काठमाडौँको  टोखाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले जनाएको छ ।