नाडा अटो सो २०२३ को शुभारम्भ, ६ दिनसम्म सञ्चालनमा रहने

नाडा अटो सो २०२३ को शुभारम्भ, ६ दिनसम्म सञ्चालनमा रहने

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २६, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एक समारोह बीच अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो २०२३ को उद्घाटन गर्दै नियामक निकायको सूक्ष्म नियन्त्रणले नेपाली अर्थतन्त्रमा समस्या देखिएको बताउनु भएको छ । 

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो २०२३ को उद्घाटन समारोहमा बोल्दै महतले उक्त कुरा बताताउनु भएको हो । 

अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकतर्फ संकेत  गर्दै भन्नु भयो - 'बैंकहरूमा  प्रसस्त मात्रामा लगानीयाेग्य रकम रहेकाे छ तर नियामक निकायकाे नियन्त्रणका कारण लगानी हुन सकेन जसकाे असर समग्र अर्थतन्त्रमा देखा परेकाे छ । नियामक निकायले ले नियन्त्रण गर्नेभन्दा पनि नियमन गरेर बाँकी कहाँ र कति लगानी गर्ने भन्ने कुरा बैंकहरुलाई छाड्नुपर्छ । नियामक निकायको माइक्रो म्यानेजमेटले बैंकिङ क्षेत्रमा केही समस्या देखा परेको  छ । यो धेरै समय  रहँदैन,  छिट्टै समाधान हुँदैछ । यसमा अलि फरकिलो ढंगले सोच्ने हो भने अर्थतन्त्रमा अरू समस्या छैन ।'

द्घाटन समारोहलाई क्रममा महतले निजी क्षेत्रलाईसमेत पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गर्दै भन्नु भयो - ' नेपालको पूर्वाधार क्षेत्रमा निजीक्षेत्र आउन हिचकिचाएको छ । त्यसैले हामी पूर्वाधारमा पछि परेका छौं । यातायात क्षेत्रमा मात्र हैन पूर्वाधारमासमेत आउनुस् ।'

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी निकायबीच समन्वय नभएको बताउनुभयो । उहाँले निजी क्षेत्रका सुझाव कहिल्यैन सुनेको र सधैं माग राखेको सोचाइ देखिएको बताउनु भयो ।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेन्द्र अग्रवालले निजी क्षेत्रको मनोबल घटेकाले बढाउने गरी नीति बढाउनु पर्ने बताउनु भयो । अटो  शोका सभापति अनुप बरालले दुईपांग्रे, चारपांग्रे, अटो पार्टस् लगायतका स्टल सहभागी रहेको बताए।  अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो २०२३  छ दिन सम्म अटो शो चल्ने जानकारी दिनस भएकाे थियो ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो २०२३ उद्घाटन समारोहको अध्यक्षता  ध्रुर्व थापाले गर्नु भएको थियो ।