अल्वानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने सुधा चौधरी वैदेशिक रोजगार विभागको नियन्त्रणमा

अल्वानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने सुधा चौधरी वैदेशिक रोजगार विभागको नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २७, २०८०

     काठमाडौँ  । अल्वानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने सुधा चौधरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले  पक्राउ वैदेशिक रोजगार विभागमा पठाएको जानकारी दिएको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार  अल्वानिया पठाई दिन्छु भनी  जिल्ला झापा बिर्तामोड घर भई काठमाडौँस्थित सिनामंगल  वस्ने  सुधा चौधरीलाई  उत्तम राजवंशीलाई   २लाख  ७२हजार ठगी गरेकाे अभियोगमा पक्राउ गरेको हो । 

कार्यालयका अनुसार जिल्ला झापा बिर्तामोड स्थायी घर भई हाल काठमाडौँस्थित सिनामंगल वस्ने वर्ष  २५ की सुधा चौधरीले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिन्छु, त्यसको लागि रु। ८ लाख रुपैयाँ  लाग्छ अल्वानिया मा प्याकिङमा काम लगाइदिन्छु र  मासिक ७२हजार भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु।   २लाख  ७२हजार  रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी लेखिएको पत्र अनुसार पक्राउ गरेकाे जनाएको छ । 

पीडक चौधरीलाई  कार्यालयबाट खटिएको प्रहरी टोलीले सिनामंगल पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको समेत  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएकाे छ ।