नविल बैंकबाट बेपता 'बैँक मेनेजर' स्वास्थ्य मन्त्रालयको काजमा 'जनस्वास्थ्य सल्लाहकार' फेला !

नबिल बैँकबाट स्वास्थ्य मन्त्रालय काज काण्ड !?

नविल बैंकबाट बेपता 'बैँक मेनेजर' स्वास्थ्य मन्त्रालयको काजमा 'जनस्वास्थ्य सल्लाहकार' फेला  !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २७, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एउटा नेम प्लेट देख्न पाइन्छ
' विश्वरुप  खड्का
सल्लाहाकार
भित्र'

नेम प्लेट  देख्न मात्र पढ्नै पाइन्छ । नेपाल सरकारको २०८० साल असार १२ गते बसेको मन्त्रीपरिषद्ले गरिएका निर्णय सार्वजनिक गर्ने क्रममा २४ नम्बरमा ' स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : विश्वरुप खड्कालाई  अवैतानिक जनस्वास्थ्य सल्लाहाकार नियुक्त गर्ने' निर्णय गरेपछि उक्त नेम प्लेट देख्न र पढ्न थालिएको हो ।

 यसरी जनस्वास्थ्य सल्लाहाकार को हुन ?  भनेर ठुलै खोजी गर्दा था हुन आएको छ - विश्वरुप खड्का नबिल बैँकमा बेपत्ता  'मेनेजर'  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 'जनस्वास्थ्य सल्लाहाकार' ! का रुपमा देखिन थालेका हुन् । 

नबिल बैँक स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 'जनस्वास्थ्य सल्लाहाकार'को सल्लाहकार नियुक्ती हुनु अगाडि  विश्वरुप खड्का  नबिल बैँक कोटेश्वर शाखाका ब्रान्च  'ब्रान्च मेनेजर' थिए र बैंकले उनलाई दाङको घेराई स्थित शाखाको  'ब्रान्च मेनेजर' का रुपमा  सरुवा गरेको थियो । तर डेढ महिना पनि नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको दबाबमा विश्वरुप खड्कालाई प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानालाई दबाव दिए र दबावका अगाडि नतमस्तक मात्र भएनन्  सरुवा गरे । सरुवा पनि प्रमुख कार्यकारी अधिकृतलाई दैनिक  रिपोर्टिङ गर्ने गरी आफ्नै सचिवालयमा सरुवा गरे । त्यसपछि खड्का कुनै पनि गतिविधिमा देखा पर्दैनन् । पर्छन त महिनामा एकपटक हाजिर हुने बेलामा देखा पर्ने गरेका छन् । नविल बैंकबाट बेपत्ता 'बैँक मेनेजर' स्वास्थ्य मन्त्रालयको काजमा 'जनस्वास्थ्य सल्लाहाकार' फेला  परेकाे विषयले नबिल बैंकमा खैलाबैला मच्चिएको छ । 

विद्यार्थी कालदेखि चिरपरिचित र राजनितिक रुपमा सँगै काम गरेका   स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र  प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना बीच विश्वरुप खड्का नबिल बैँकबाट नै तलव भत्ता खाने गरी विश्वरुप खड्कालाई अवैतानिक जनस्वास्थ्य सल्लाहाकार नियुक्त गर्ने सहमति अनुसार मन्त्रीपरिषद्ले २०८० साल असार १२ गते 'जनस्वास्थ्य सल्लाहाकार'का नियुक्ती गर्ने निर्णय गरेकाे छ । तर बैँकका 'मेनेजर' लाई 'जनस्वास्थ्य सल्लाहाकार' नियुक्ती गरेको भए प‍नि नेम प्लेटमा भने 'सल्लाहकार'  मात्र लेख्ने गरेका छन् । 'जनस्वास्थ्य सल्लाहाकार' ले किन 'सल्लाहाकार' मात्र लेखेको भनेर ठुलै चर्चा हुने गरेको छ । 

नबिल बैँक स्रोतका अनुसार  प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले 'ब्रान्च मेनेजर' विश्वरुप खड्कालाई आफ्नो सचिवालयमा महिनामा एकदिन हाजिर गर्ने प्रबन्ध मिलाएका छन् र सो बापत नबिल बैँकबाट नियमित सेवा सुविधा लिने गरेका छन्। 

'सल्लाहकार' विश्वरुप खड्काले लोकसंवादसँगकाे टेलिफोन कुराकानीमा 'आफू नबिल बैँकबाट काजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएकोे र जनसंख्या मन्त्रालयमा अवैतानिक तर नबिल बैँकमा बैतानिक भएको' स्विकार गरे । नबिल बैँकबाट काजमा जन मिल्छ ? भनि साेधिएकJ प्रश्नमा खड्काको जवाफ थियाे - 'मिल्छ किन मिल्दैन ? बैँकले चाहेपछि मिल्छ ।' 

लोकसंवादसँगकाे टेलिफोन कुराकानीमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले भने 'विश्वरुप खड्का काजमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएकाे भन्दा पनि विदा बसेको जानकारी दिनु भयो । विदा बसेका बेला कुनै अवसर पायो होला । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नबिल बैँकबाट काजमा पठाउन नमिल्ने र पठाउने कुरै आउँदैन । नबिल बैँकबाट तलव सेवा सुविधा पाउनु हुन्छ कि हुँदैन भनि सोधिएको प्रश्नमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाको जवाफ थियो - 'भाइ यो सबै कुराको जानकारी हुँदैन । विदा बाँकी भए पाउँछन् । विदा नभए पाउँदैनन् । बैँकको विदा लिन पाउँछन् । विश्वरुप खड्काले पनि विदा लिएका हुन विदा सकिए पछि उनी नबिल बैँकमा नै आउँछन् ।' 

नबिल बैँकको नियम अनुसार चुनावमा मतदान  भन्दा कुनै पनि प्रक्रियामा सरिक हुने भन्दा अन्य क्षेत्रमा संलग्न हुन पाउँदैनन् तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजनीतिक नियुक्ति हुन विदा दिने नविल बैँकको व्यवस्थापन समितिले एकदमै विवादस्पद निर्णय प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले गरेका छन् भने  'बैँक मेनेजर' लाई स्वास्थ्य मन्त्रालयको  'जनस्वास्थ्य सल्लाहाकार'का लागि सिफारिस गरेर  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले 'काँही नभएको जात्रा हाँडी गाउँमा' का रुप देखाएका छन् ।