एकीकृत समाजवादीको यूरोप तथा अमेरिका इञ्चार्जमा राम कुमारी झाँक्री

एकीकृत समाजवादीको यूरोप तथा अमेरिका इञ्चार्जमा राम कुमारी झाँक्री

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २८, २०८०

 यूरोप। नेकपा एकीकृत समाजवादीको भदौ ५ -७ मा सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सचिव राम कुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेशको जिम्मेवारी दिएको छ । 

एकीकृत समाजवादीका केन्द्रीय नेताहरुको कार्य विभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय सचिव झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा यूरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकिएको छ ।एमाले कालमा पनि नेतृ झाँक्री यूरोप इञ्चार्जको जिम्मेवारीमा थिइन्। 

यस अघि प्रवास संयोजक तथा इञ्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई एसिया, अष्ट्रेलिया र अफ्रिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ।त्यस्तै केन्द्रीय सदस्य अशोक थापाले भारत प्रवासको इन्चार्जको जिम्मेवारी पाएका छन् ।