डा. रजनी ढकालको नयाँ गीत ‘मुस्कानको रङ’ सार्वजनिक (भिडियोसहित)

डा. रजनी ढकालको नयाँ गीत ‘मुस्कानको रङ’ सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ २९, २०८०

काठमाडौं। साहित्यकार डा. रजनी ढकालको नयाँ गीत ‘मुस्कानको रङ’ सार्वजनिक भएको छ । गीतको लिरिकल भिडियो ‘असिम ढकाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

शान्तिराम राईको सङ्गीत र देवेश राईको सङ्गीत संयोजन रहेको गीतमा असिम ढकालको स्वर रहेको छ ।

त्रिभुवन विश्वविद्यालयकी सह प्राध्यापकसमेत रहनु भएकी डा. ढकालको ‘लयको खोजीमा’ र ‘हत्केलामा असार उमारेर’ (निवन्धसङग्रह) ‘रङ्गहरूमा जिन्दगी’     (कवितासङ्ग्रह), ‘हृदयका गीतहरू’ (गीत सङ्ग्रह) प्रकाशित छन् भने ‘पत्रैपत्र’ उपन्यासको सह लेखन गर्नुभएको छ ।

'मुस्कानको रङ’ यहाँ क्लिक गरेर सुन्न सकिन्छ ।