एनआरएनए युरोप युवा संयोजक पदका उम्मेदवार प्रकाश भण्डारीको अपिल

एनआरएनए युरोप युवा संयोजक पदका उम्मेदवार प्रकाश भण्डारीको अपिल

असिम लोप्चन  |  समाचार  |  भदौ ३०, २०८०

माल्टा युरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए) को  आसन्न केन्द्रीय निर्वाचनमा युरोप युवा संयोजक पदको उम्मेदवार  प्रकाश भण्डारीले उम्मेद्वारी  रहको जानकारी दिँदै  प्रतिवद्धताका साथ साथ र समर्थनको लागि अपिल गर्नु भएको छ । 

उहाँको आब्हान अपिल काे तस्तै 

आदरणीय युरोप बासि आम अग्रज नेपाली आमा बुवा तथा दाजुभाई  दिदीबहिनीहरुले एवम एनआरएन का अग्रज अभियान्ताज्युहरुमा न्यानो नमस्कार 

  गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न केन्द्रीय निर्वाचनमा  मेरो यूरोप युवा संयोजक पदमा उम्मेद्वारी  रहेको कुरा यहाँहरु माझ जानकारी गराउन चाहन्छु आज सम्म पाएको  अग्रज हरुको माया साथ समर्थन र युवा साथीहरुको हौसला र विश्वासले मलाई झनै उर्जाशील बनाएको छ उक्त माया साथ समर्थन र हौसलालाई कहिले पनि भुल्ने छैन अझै जिम्मेवार भएर अगाडि बढ्ने कुरा जानकारी गराउँछु। 

बिगत १० बर्ष देखि   गैरआवासीय नेपाली संघ को महान अभियानमा निरन्तर लागि परेको छु , अध्ययन रोजगार एवम व्यावसायिक सबै क्षेत्र को लामो अनुभव हासिल गरेको छु आफुले भोगेका समस्या र हासिल गरेको अनुभव  लाइ युवाहरु माझ बृहत्  छलफल गरि अझै सशक्त रुपले अगाडि बढ्ने सोच बनाएको छु । युरोप भित्रका प्रत्येक ncc का युवा संयोजकहरूको भेला राखि बिभिन्न विधाका खेल जगतका खेलाडीहरुको पहिचान गरि खेलाडीहरु लाइ युरोप स्तरिय टुनामेन्ट्मा सहभागि बनाउने कुरामा सधै लागि पर्ने छु।  बिभिन्न बिदेशी भूमिमा जन्मिने बालबालिका हरुको निम्ति मातृ भाव मातृभाषा कला संस्कृति ,भेषभुषा रहनसहन प्रति उत्प्रेरित गर्न सम्पूर्ण अभिभावकहरूसँग सल्लाह सुझाब लिई कार्याक्रम संचालन गरी NRNA अभियानमा  मार्फत आफ्ना योजनाहरू  निरन्तर अगाडि बढाई मातृभूमि प्रति समर्पित हुनेछु । आसा छ हजुरहरुले गर्नु भएको माया साथ र समर्थन जहिले पनि रहिरहने छ भन्ने कुरामा विश्वस्त रहेको छु।

धन्यवाद नमस्कार
 प्रकाश भण्डारी 
युरोप युवा संयोजक पदको उम्मेदवार