प्रज्ञा-प्रतिष्ठानमा सुनुवार भाषा,साहित्य र सौन्दर्यका विषयमा विमर्श

प्रज्ञा-प्रतिष्ठानमा सुनुवार भाषा,साहित्य र सौन्दर्यका विषयमा विमर्श

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ ३०, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको  'मातृभाषा साहित्य शृङ्खला’ अन्तर्गत दोस्रोपटक  ‘सिर्जना, संवाद र विमर्श' कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभा कक्षमा सम्पन्न भयो । सामूहिक रूपमा राष्ट्रिय गान 'सयौँ थुँगा...!' गाए लगतै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले  ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो  । 

यस विमर्श कार्यक्रममा डा.लाल-श्याँकारेलु रापचाले 'किराँती-काँइच (सुनुवार) भाषा-साहित्यमा सङ्कट सौन्दर्य' तथा  कोइँचबु काःतिच (उत्तम सुनुवार)ले ‘सुनुवार भाषाको साहित्य र सौन्दर्य’ विषयक फरक फरक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यसैगरी उक्त कार्यपत्र माथि आफ्नो धारणा राख्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले 'नेपालका विश्वविद्यालयमा हरेक मातृभाषाको पठनपाठन हुनुपर्छ ।यसले मात्रै मातृभाषामा जागरण आउँछ र भाषिक जटिलता हट्छ ।यसको निरूपण गर्न प्रज्ञा(प्रतिष्ठान लागिपर्ने  छ' भन्नुभयो।

 यस अवसरका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले  उक्त कार्यपत्र र मातृभाषाका कविता वाचनबारे  चर्चा गर्नुभयो ।यसै क्रममा उहाँले 'रैथाने मातृभाषा,साहित्य र संस्कृतिको बारेमा निरन्तर बहस हुनुपर्छ ।प्रत्येक मातृभाषाको छुटाछुट्टै सौन्दर्य हुन्छ।तर अहिले पनि आन्तरिक रूपमा मातृभाषीले भाषिक उपनिवेश व्यहोर्नुपरेको छ ' भन्दै कार्यक्रमको समापन गर्नुभयो ।

 यस कार्यक्रममा प्रज्ञा(प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा।कृष्णराज सर्वाहारीले कार्यपत्र माथि आफ्नो धारणा राख्नु भएको थियो  ।  यसैगरी कार्यक्रममा उपस्थित सहभागीहरू मध्ये डा‍.सोमबहादुर धिमाल,कृष्णप्रसाद, प्रतापसिंह नाछिरिङ, धनराज घिसिङ , जुजुकाजी रञ्जित र शोभा सुनुवार 'जुलियट' ले कार्यपत्र माथि पूरक टिप्पणी गर्नुभयो ।

यस कार्यक्रममा तीन मातृभाषाका तीन कविहरू नैन सेताल्चुले 'जेरुङ भाषा' को कविता 'खालाङ',रमेश थामीले 'थाङ्मी भाषाुको कविता 'धनेको देस्यै' र टङ्क सुनुवारले 'सुनुवार भाषा'को कविता 'नुम्बुर' वाचन गर्नुभयो ।

यस कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभयो ।