कानुन समाजका निर्देशक र बार अध्यक्षबीच मिलीभगत: प्रहरीमा गर्ने यौन पिडितको उजुरी काउन्सिलमा !?

कानुन समाजका निर्देशक र बार अध्यक्षबीच मिलीभगत: प्रहरीमा गर्ने यौन पिडितको उजुरी काउन्सिलमा !?

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०८०

काठमाडाैँ । नेपाली समाजमा न्याय नपाउनेहरूले भन्ने चलन छ ‍- बसेर कराउ कसैले सुन्दैन,उठेर कराउ हावाले लैजान्छ' ।

लामाे समयसम्म नेपाल कानुन समाजका निर्देशक कृष्णमान प्रधानबाट याैन शोषण परेकाे आरोप लगाएकी एक महिलाको जीवनमा जस्ताकै तस्तै चरितार्थ भएको छ । 

विगत तीन वर्षदेखि आफूमाथि प्रधानले ललाइ फकाइ, अनेक प्रलोभन देखाउँदै, धम्की दिँदै यौन शोषण गर्दै आएको पीडित महिलाले सञ्चारमाध्यमलाई जानकारी दिएकी ती महिलाले २०८० भदौ १४ गते बिहिबार जनै पूर्णिमाका दिन नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेलाई फोन गरेर न्याय दिलाई दिन आग्रह गरेकाे बताएकी छन् । अध्यक्ष  घिमिरेले न्याय दिलाउनु त कता कता यौन शोषणको उजुरी प्रहरीमा दिन सल्लाह नदिइ नेपाल कानुन समाजका निर्देशक कृष्णमान प्रधानसँगको मिलीभगत मा  वकिलको मुद्दा नेपाल बारले हेर्न नमिल्ने भन्दै बार काउन्सिलमा पठाइ दिएको आरोप लगाएकी छन् ।

नेपाल बार एशोसियसनका अध्यक्ष घिमिरेले लोकसंवादसँगको सम्वाद भने- 'जनै पूर्णिमाको दिन पिडित महिलाले मलाई फोन गरेकी थिइन । वकिलको मुद्दा नेपाल बारले हेर्दैन बार काउन्सिलमा जानु होस भनेर सुझाएको हुँ ।'

यसरी अध्यक्ष घिमिरेले किन प्रहरीमा पठाउने कुरा किन बार काउन्सिल भन्ने विषयमा नेपाल बार एशोसियसनका ठुलै बहस सुरु भएकाे छ । विवादास्पद छवि भएका नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले अनेकन् प्रलोभन देखाएर आफूमाथि यौन शोषण गरेको ति महिलाले गम्भीर आरोप लगाएकी छन्  । उनकाे  आरोप छ - नेपाल बारका अध्यक्षले आफूलाई अल मलाउन बार काउन्सिल पठाए । 

कानूनी व्यवस्थाबारे जानकार नहुँदा पनि आफूले अत्याचार सहेर बस्नु परेको पीडित महिलाको गुनासो गरेकी छन् भने उनी नेपाल बार एशोसियसनका अध्यक्ष घिमिरेका विरुद्धमा पनि उजुरी दिने तयारी थालेकी छन् । 

समाजका कार्यकारी निर्देशक प्रधानको विगतदेखि नै विवादास्पद छवि रहेको छ । प्रधानले सर्वोच्च/उच्च अदालतका न्यायाधीशलाई विभिन्न प्रलोभनमा पारी आफ्नो स्वार्थ पूरा गर्दै आएका छन्  पीडित महिलाले १२ दिनअघि नै नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई आफूमाथि यौन शोषण गरेको सुनाएकी थिइन् । तर अध्यक्ष घिमिरेले आफ्नो पीडाका कुरामा चासो नदिएको महिला सञ्चार माध्यमका  कार्यलय कार्यालय चाहर्दै हिडि रहेकाी छन् ।