यी रोगका लागि लाभकारी छ सौँफ

यी रोगका लागि लाभकारी छ सौँफ

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २२, २०७६

काठमाडौं । खाना खाइसकेपछि कतिपयले सौँफ खाने गरेका छन् । यसमा रहेको पोषक तत्वले पेट मात्र होइन, अन्य विभिन्न अंगमा पनि प्रभाव पार्छ । सौँफमा क्याल्सियम, आइरन र सोडियमको स्रोत मानिन्छ । यससँगै यसमा पोटासियम पनि पाइने गरेको छ ।

यस्तै, सौँफको प्रयोग मसलाका रूपमा पनि प्रयोग गरिन्छ । अचार र तरकारीमा यसको प्रयोग गरिन्छ । गर्मी मौसममा यसको प्रयोग बढी मात्रामा गरिएको पाइन्छ । यसमा पाइने पोषक तत्वले मानिसलाई स्वस्थ बनाउन सहायक हुन्छन् । यस्तै, स्मरण शक्ति राम्रो बनाउन पनि यो महत्वपूर्ण छ । यति मात्र होइन, यसको सुगन्धले ताजापन महसुस गराउँछ ।

सौँफ सेवनका केही फाइदा
 
रगतलाई शुद्ध बनाउन मद्दत गर्छ

सौँफमा भएका तेल तथा फाइबर तत्वले शरीरको टक्सिन बाहिर निकाल्न र रगत शुद्ध बनाउन मद्दत गर्छ ।

रोगसँग लड्न मद्दत गर्छ

सौँफमा पलिफेनोल एन्टिअक्सिडेन्ट रोजमारिनिक एसिड, क्लोरोजेनिक एसिड, क्वेरसेटिन तथा एपिजेनिन पाइन्छन् । यी तत्वले स्वास्थ्यमा गम्भीर प्रभाव पुर्याउँछन् ।
एक अध्ययन अनुसार जो मानिस एन्टिअक्सिडेन्ट्स भरपूर डाइट सेवन गर्छन्, उनलाई हृदय रोग, मोटोपन, क्यान्सर, न्युरो लजिकलसम्बन्धी रोगसँग लड्न सघाउ पुग्छ ।

पेटका बिरामीका लागि सौँफको चिया

सौँफमा पाइने आयलले अपच तथा कब्जियत हुन नदिन मद्दत मिल्छ । यसका लागि सौँफको चिया उपयोगी मानिन्छ । यस्तै, सौँफमा एस्ट्रैगोल, फेन्कोन तथा एनेथोल पाइन्छ, जुन दुखाई, ग्यास्ट्राइटिसलगायत रोगका लागि प्रभावकारी मानिएको छ ।

तौल घटाउन सहयोगी

सौँफ खाए भोक नियन्त्रण हुन्छ । यसकारण जो मानिस आफ्नो तौल कम गर्न चाहान्छ, उनीहरूले एक चम्चा सौँफ खानुपर्छ ।

आँखाको दृष्टिमा सुधार

यदि तपाईं आँखाको दृष्टिसम्बन्धी समस्याबाट जुधिरहनुभएको छ भने सौँफ वरदान सावित हुन सक्छ । सौँफमा भिटामिन ए हुन्छ, जो आँखाको दृष्टिका लागि लाभकारी हुन्छ । यसको नियमित सेवन गरे आँखाको दृष्टि बढ्छ । यसका लागि दिनहुँ ५-६ ग्राम सौँफ खानुपर्छ ।

खाँसी भगाउँछ

सौँफसँग मिसाएर मिश्री खाँदा आधार मधुर तथा सफा हुन्छ । यसका अलावा सौँफले खाँसी लाग्न नदिन सहायक हुन्छ ।