कमिशनरहित 'इन ड्राइभ' पनि नेपालमा प्रवेश गरेकाे जानकारी

कमिशनरहित 'इन ड्राइभ' पनि नेपालमा प्रवेश गरेकाे जानकारी

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २, २०८०

काठमाडौँ ।  नेपालमा 'राइड सेयर' सेवाको लोकप्रियतासँगै 'इन ड्राइभ' पनि नेपालमा प्रवेश गरेको इन ड्राइभ जनाएको  छ।

‘इनड्राइभ’ले राइडशेयर कम्पनीहरूको भीडमा बिस्तारै लोकप्रियता प्राप्त गर्दैछ। अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुहरूका लागि सस्तो भाडा र चालकहरूका लागि कुनै 'कमिशन'  नभएका कारण यो लोकप्रिय रहँदै आएको छ।

एशिया प्यासिफिक (एपीएसी)का लागि इन ड्राइभका निर्देशक रोमन एर्मोसिन हाल काठमाडौंमा छन्। नेपाली सञ्चारमाध्यमसँगको अन्तरक्रियामा उनले कम्पनीको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका थिए।

सो अवसरमा इर्मोशिनले इन ड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको बताए। 'हामी अनुसन्धान र विकास गतिविधिहरूमार्फत नयाँ बजारहरू परीक्षण गर्ने एक साझा उद्योग अभ्यासलाई पछ्याउँछौं। नेपालमा, हामीले कुनै शुल्क वा कमिशन नलिई नागरिकहरूलाई ‘इन ड्राइभ’ एप प्रदान गर्दैछौं। यसले हामीलाई आधिकारिक रूपमा हाम्रा सेवाहरू सुरु गर्नुअघि बजार र यसको सम्भावना बुझ्न मद्दत गर्दछ।'


वर्षौंदेखि विकसित हुँदै इन ड्राइभ र 'स्वतन्त्र चालकहरू' हाल इन्ड्राइभ (इन ड्राइभ) को रुपमा शहरी सेवाहरूको लागि मार्केटप्लेसमा परिणत भएको छ । इन्ड्राइभ यात्रुहरूद्वारा संचालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड-हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेरइन ड्राइभले प्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुन सक्दछन्।

आज, इनइभमा संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिईरहेको छ।