हात भाँचिने गरि विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा लगाउने तयारी

हात भाँचिने गरि विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा लगाउने तयारी

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ २२, २०७६

रोल्पा । चौध विद्यार्थी घाइते र हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ ।

 चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्नुभएकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिनुभएको थियो । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

 थप अनुसन्धानका लागि १० दिन म्याद थप गरी होलेरी इलाका प्रहरी कार्यालयले शिक्षिका पुनलाई सोमबार विद्यालय छुट्टी भएपछि प्रहरीले पक्राउ गरेको थियो । 
अपराध संहिता २०७४ को दफा ११८ बमोजिम उहाँलाई एक वर्षसम्म कैद वा रु १० हजारसम्म जरिवाना वा दुवै सजायसम्म हुनसक्ने कानूनविद्हरुले आंकलन रहेको छ । पुनले विद्यार्थीलाई कुटपिट गरी हातै

भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।

सो घटनामा कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका थिए । आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातको प्लाष्टर गरिएको थियो । उनीहरूको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक घनश्याम शर्माले जानकारी दिनु भएको थिएन । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आफूहरु लाइन लाग्दै गरेको बेला उहाँले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको छात्रा भीमकुमारी बाँठाले बताउनुभयो ।

घटना वैशाख १२ गते भएको भए पनि वडा नं ८ का वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गराइएको हल्लेरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभयो ।