९औं संविधान दिवस: अनेरास्ववियूद्वारा  दीप प्रज्वलन तथा संविधानको धारा ३१ र ५१ वाचन

९औं संविधान दिवस: अनेरास्ववियूद्वारा  दीप प्रज्वलन तथा संविधानको धारा ३१ र ५१ वाचन

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०८०

 

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले  ९औं संविधान दिवस  विविध कार्यक्रमा साथ मनाएको छ । 

यसै क्रममा  संविधान दिवस २०८० को अवसरमा बुधबार राजधानीको भृकुटीमण्डप स्थित आरआर क्याम्पस अगाडि ९औं संविधान दिवस मनाएको  अनेरास्ववियूले  जनाएको छ । 

अनेरास्ववियूकी अध्यक्ष आरती लामाको अध्यक्षमा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन तथा संविधानको धारा ३१ र ५१ वाचन गरिएको थियो। अध्यक्ष लामाले संविधानको कार्यान्वयनलाई प्राथमिकतामा राखेर आन्दोलनरत शिक्षकहरूका उचित मागप्रति समर्थन रहेको बताएकी छन्।

कार्यक्रममा अध्यक्ष लामासहित युवा संघका संयोजक कृष्ण बि।क।,अनेरास्ववियूका महासचिव महेश श्रेष्ठ, नेताहरू नरेश न्यौपाने, मिलन राईलगायतको उपस्थिति रहेको थियो।