कैलाशकुट बहुमुखी क्याम्पस स्ववियुद्वारा नवौं संविधान दिवसको अवसरमा मौलिक हक वाचन एवं दिप प्रज्वलन

कैलाशकुट बहुमुखी क्याम्पस स्ववियुद्वारा नवौं संविधान दिवसको अवसरमा मौलिक हक वाचन एवं दिप प्रज्वलन

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०८०

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन स्ववियुले नवौं संविधान दिवसको अवसरमा मौलिक हक वाचन एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

आज नवौं संविधान दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन कैलाशकुट बहुमुखी क्याम्पसको आयोजनामा शान्ति बाटिकामा मौलिक हक वाचन एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका स्ववियु सभापति मुरारी गौतम 'सुवर्ण'ले, संविधान प्रदत्त कानुनलाई अवलम्बन गर्दै हरेक नागरिकले संविधानले दिएको हक अधिकार पाउनु पर्नेमा जोड दिनुभयो । उहाँले, उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै स्ववियुले हरेक कार्यक्रममा अग्रसर भएर विद्यार्थीको हक हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बाग्मती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले -मौलिक हकका विषयमा जनताले पाउनु पर्ने हक अधिकार नपाएको महशुस नभएको बताउनुभयो ।'  उहाँले शिक्षा विधेयक संसदमा पास हुन लागेको कुरा उठाउँदै युवा जमात विदेश पलाएन हुने र देशमा रोजगारीको सिर्जना नहुने अवस्थाको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा संविधानको हकहरू बाचन सहित शिक्षा सम्बन्धी हक, रोजगारको हक र स्वास्थ्य सम्बन्धी हकलाई सामुहिक रूपमा बाचन गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तह र तप्काका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।