नदि किनारको पहरामा फसेका रामबहादुर लामाको सशस्त्र प्रहरी बलद्वारा रातको २ बजे उद्धार

नदि किनारको पहरामा फसेका रामबहादुर लामाको सशस्त्र प्रहरी बलद्वारा रातको २ बजे उद्धार

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राती २ बजे बाग्मती नदीबाट एक ब्यक्तिको  सकुशल उद्धार गरेको  सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार  काठमाडौको दक्षिणकाली नगरपालिका – ८ कटुवाल दह स्थित बाग्मती नदि किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० बर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।

पानीको बहाव कम भएको बेला नदि पारी गएका लामा बहाव बढेसंगै वारि आउन नसकी नदि किनारको पहरामा फसेका थिए ।

 सो बारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङ्गको कमाण्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष के.सी.को कमाण्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो ।

 मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य विधिको प्रयोग गरि उद्धार गरेपश्चात लामालाई आफन्तको जिम्मा लगाइएको छ ।