नेपाल गजल प्रतिष्ठानको आयोजनामा 'मोती गजल मुशायरा, २०८०'

नेपाल गजल प्रतिष्ठानको आयोजनामा 'मोती गजल मुशायरा, २०८०'

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन ४, २०८०

काठमाडौँ । आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष असोज ६ गते शनिबारका दिन राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको आयोजना गरेको छ ।

यस मुशायरामा आदिगजलकार मोतीराम भट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै ३ जना चर्चित युवा गजलकाहरूले आआफ्ना गजलहरू तरुन्नम शैलीमा प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा तनहुँका गजलकार अन्जान यात्री, धादिङकी गजलकार राधा कणेल र झापाका मिलनकुमार ढुङ्गानाको तरन्नुममा जादूमय प्रस्तुति रहनेछ ।

प्रतिष्ठानले अन्य गजलकाहरूलाई समेत प्रत्यक्ष  रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकाहरूबाट थप ३ जना गजलकारका १र १ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ । यसका अलावा १० जना गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचलकुमार शर्माले वाचन गर्नुहुनेछ । 

यस कार्यक्रमको मुख्य प्रायोजकमा रूपमा ग्लोबल आइएमई बैँक तथा अन्य सहयोगी एवं सह प्रयोजकहरूमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम लि., सूर्य ज्योति लाइफ इन्सोरेन्स, सूर्य नेपाल, एभरेष्ट बैंक लिमिटेड , नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट आदि रहेका छन् । 

संस्थाले आगामी २०८० कात्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमसमेत आयोजना गर्ने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।