गैरआवासीय नेपाली संघ:  राजु अर्यालले संघको युरोप उपसंयोजक पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ:  राजु अर्यालले संघको युरोप उपसंयोजक पदमा उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०८०

युरोप ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेका पूर्व आइसीसी सदस्य राजु अर्यालले संघको युरोप उपसंयोजक पदमा उम्मेदवारी दिने जनाएका छन्।

विगत १५ वर्ष देखि नर्वेको ओस्लो बसोबास गर्दै आएका अर्याल पेशाले पेट्रोलियम इन्जिनियरिङ क्षेत्रमा आवद्ध छन् ।

अर्याल सन् २०१७–२०१९ मा एनआरएनए नर्वेको महासचिव, सन् २०१९–२०२१ तथा २०२१-२०२३ मा अन्तरराष्ट्रिय समन्वय परिषदको सदस्यको जिम्मेवारी सम्हालिसकेका एक शालीन ब्यक्तित्व सामाजिक अभियन्ताको रूपमा समेत परिचित छन । 

त्यस्तै उनले संघको युरोप क्षेत्रीय भेला २०२० को सदस्य सचिव तथा युरोप ज्ञान सम्मेलन २०२० को संयोजकको रुपमा पनि काम गरेका थिए। 

विदेशमा सिकेको ज्ञान, सिप र लगानीलाई नेपालको बृहत्तर हितको लागि सदुपयोग गर्न आफूले २०२३(२५ कार्यकालका लागि युरोप उपसंयोजक पदकमा उम्मेदवारी दिन लागेको उनले बताए। 
'नर्वेमा रहेर आफूले प्राप्त गरेको अनुभवलाई समेत यो अभियानमा सदुपयोग गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु। सबैको साथ तथा सहयोगको अपेक्षा गरेको छु' ,उनले भने।
आफू युरोप उपसंयोजक पदमा निर्वाचित भएमा संघको विधानमा उल्लेख भए अनुसार क्षेत्रीय सचिवालय स्थापना गर्न पहल गर्ने, ‘एक्शन ओरिएन्टेड’ नतिजा दिन प्रयास गर्ने तथा युरोप क्षेत्रका गतिविधिहरूको अभिलेखीकरण गर्न काम गर्ने प्रतिबद्ध जनाउनु भएको छ । 

'आफु निर्वाचित भएँ भने युरोप क्षेत्रमा दोश्रो पुस्ताका युवा तथा महिलालाई संघको गतिविधिमा सामेल गर्न अधिकतम प्रयास गर्ने छु। त्यस्तै युरोपमा कार्यरत नेपाली वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ताहरू, चिकित्सक, इन्जिनियर लगायत पेशेवरहरुको सीप, अनुभव र संजाल नेपाल स्थानान्तरण गर्न पेशागत पहल गर्ने एक समारोह बीच चुनावी प्रचारको सन्दर्भमा अर्यालले मतदाता समक्ष आफनो स्पष्ट धारणा राखदै सहायोगको लागी पूर्ण अपेक्षा राखेको बताउनु भएको छ !