एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा बाचापत्रसहित औपचारिक उम्मेदवारी घोषणा गर्दे

एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा बाचापत्रसहित औपचारिक उम्मेदवारी घोषणा गर्दे

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०८०

यूरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष कतारका राजेन्द्र कुमार शर्मा(आरके ले केन्द्रीय अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा सभा गर्ने तयारी गरेका छन ।

अध्यक्षका प्रत्यासी शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणा सभा गर्न लागेका हुन । शर्माले घोषणा सभामा कार्य योजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन ।

कतारमा औपचारिक घोषणा सभा गर्नुअघि शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए । गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा अभियन्ताहरूसँग सल्लाह सुझाव लिन उनी विश्वका प्राय सबै एनआरएनएको अधिवेशन भएका देशको भ्रमणमा निस्केका थिए । एक साता भन्दा लामो अमेरिकी क्षेत्रको भ्रमण सकेर उनी अहिले कतार फर्किसकेका छन । विभिन्न देशको भ्रमणमा रहँदा शर्मालाई अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

एसिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित हुने दाबी गरे । उनले भने, 'एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ ।'

सबै गैरआवासीय नेपालीहरुबाट सल्लाह सुझाव लिएपछि २ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गरिने कार्यहरुको योजना शर्माले घोषणा सभामा आफ्नो बाचापत्र भनेर सार्वजनिक गर्ने छन् । एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ ।