सुन्दर हमालको ‘पारी ठुली भिर’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक (भिडियोसहित)

सुन्दर हमालको ‘पारी ठुली भिर’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ७, २०८०

काठमाडौँ ।लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक गीत ‘पारी ठुली भिर’  बोलको लोक तथा दोहोरी  सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ  । सन्जय राईको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।मौलिक धारमा  तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम , दसै गोजीमा हाले  गीत चर्चामा रहेका थिए ।

‘पारी ठुली भिर’  बोलको लोक तथा दोहोरी गीत यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।