बिश्वशान्त राई र पासाङ याङजू सेर्पाको ‘देशै रमाइलो’ बाेलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

बिश्वशान्त राई र पासाङ याङजू सेर्पाको ‘देशै रमाइलो’ बाेलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ७, २०८०

काठमाडौं । भोइस अफ नेपाल सिजन ४ को नकआउट राउन्डसम्म पुगेका गायक तथा संगीतकार बिश्व शान्त राई र गायिका पासाङ याङजू सेर्पा ले ‘देशै रमाइलो’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतकार चिरन राई को शब्दमा स्वयम् गायक बिश्व शान्त राईको संगीत,  सगुन लिम्बुको संगीत संयोजन र योगेन मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियोमा बिश्व शान्त राई, पासाङ याङजू सेर्पा र ठाकुर राईको अभिनय  रहेको छ । क्रिस्टीना तामाङको श्रीङ्गार, जयन्द्र कुवरको छायांकन र जीवन मुकारुङले सम्पादन गरेका हुन् ।

सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ द्वारा रेकर्ड गरिएको उक्त गीतलाई  सेवा इन्टरटेन्मेन्ट अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

धनकुटा जिल्ला सगुरी गापा वडा नं १० मा जन्मेका गायक तथा संगीतकार बिश्व शान्त राईले १४ वर्ष बाट निरन्तर नेपाली गीत, संगीतमा लागी परेछन्  हाल सम्म तीन दर्जन गीत मा आवाज र दुई दर्जन गीतमा संगित भरी सकेका छन् । 

‘देशै रमाइलो’ बाेलको म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ