ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० : आश्विन १० देखि कार्तिक ३  सम्म

ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० : आश्विन १० देखि कार्तिक ३  सम्म

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ७, २०८०

ललितपुर । 'नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान' भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्‍याउने उद्देश्यले ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० हुने भएको  छ । 

मेला संयोजक  होमनाथ उपाध्यायले दिएको जानकारी अनुसार  आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई  स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ  २०८० आश्विन १० गते देखि कार्तिक ३ गते सम्म ललितपुर महानगर पालिका अन्तरगत जाउलाखेल खेल मैदानमा बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुन लागेको हाे  । 

नेपालको आर्थिक अवस्था यति वेला सकारात्मक छैन । आर्थिक मन्दी र बैंकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरु प्रभावित भएका छन् । आर्थिक प्रवाह गर्ने हरेक क्षेत्रहरु यति वेला प्राय निश्कृय छन् । आर्थिक गतिविधिहरु चलायमान हुन सकिरहेको छैन । कृषि, पर्यटन लगायत उत्पादन मुलक औद्योगिक क्षेत्रहरु चरम आर्थिक संकट व्यहोर्न वाध्य छन् । आर्थिक अभावका कारण कतिपय उद्योगहरु धमाधम वन्द हुदैछन् भने उद्योगी व्यावसायीहरुले आत्महत्याको निर्मम बाटो रोज्न थालेका छन् । यस्तो विषम परिस्थितिमा उद्योगी व्यवसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै  देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त पनि केही न केही गतिविधिहरु निरन्तर गरि रहन आवश्यक देखेर बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना गरेको जनाइएकाे छ । 

 

 फुटवेयर क्षेत्र जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सक्षम छ । देशको विग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न कतिपय वस्तुहरुको आयातलाई नै प्रतिवन्ध लगाउनु पर्ने अवस्थामा सरकार पुग्दा आयातलाई निरुत्साहित र प्रति स्थापित गर्दै  देशको अर्थ तन्त्रलाई महत्वपुर्ण योगदान पुर्‍याउन सक्ने र कामको खोजीमा विदेशिन वाध्य नेपाली युवा शक्तिलाई स्वदेशमै रोजगारी उपलव्ध गराउन सक्ने यो क्षेत्रका विभिन्न खाले समस्या र चुनौतीहरु प्रेस नोटमा उल्लेख छ । 

 प्रेस नोटमा भनिएकाे छ -  वैंकको चर्को व्याज दर, अनुभवी तथा अनुशासित श्रम शक्तिको अभाव, अनियन्त्रित चोरी पैठारी, बजारीकरणका समस्या, राजनैतिक अस्थिरताका कारण उत्पन्न हुने नीतिगत समस्या लगायतका चुनौतिहरुको सामना हामी गरि रहेका छौं । हामीलाई सधैं तपाईहरुको साथ र सहयोगको आवश्यकता छ, यसको अपेक्षा हामीले गरि रहेका छौं ।

प्रेस नोट उल्लेख भए अनुसार तपसिल बमोजिमका अवसरहरु मेलामा उपलब्ध हुने छन् ।