एनआरएनए मध्यपूर्व संयोजकमा पुनः राजेन्द्र अर्याल’जोन’द्वारा उम्मेदवारी घोषणा

एनआरएनए मध्यपूर्व संयोजकमा पुनः राजेन्द्र अर्याल’जोन’द्वारा उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०८०

साउदी अरब। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं विश्व सम्मेलन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढेर गएको छ । हाल विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदले अधिवेशन सकेर नयाँ आईसिसि नेतृत्वका लागी अन्तिम तयारीमा रहेका छन । मध्यपूर्वमा रहेका नेपालीहरुका सम्पुर्ण समस्यामा सहकार्य गर्ने बाचा सहित राजेन्द्र अर्याल पुन मध्यपूर्व संयोजकमा चुनावी मैदानमा होमिएका छन ।

केन्द्रको नयाँ नेतृत्वका लागि हुने निर्वाचनका लागी चुनावी सरगर्मी बढ्दै गएको अवस्थामा हाल आइसीसी तथा क्षेत्रीय नेतृत्वका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन । संघको आगामी निर्वाचनमा मध्यपूर्व क्षेत्रीय संयोजकमा पुनः साउदी अरबबाट राजेन्द्र अर्याल’जोन’ले उम्मेदवारी घोषणा सार्वजनिक गरेका हुन ।

हाल मध्यपूर्व संयोजकको भूमिका निर्वाह गर्दै आएका अर्यालको चाहनालाई मध्यपूर्व वासी नेपालीले स्वभाविक र सकारात्मक रुपमा समेत लिएका छन । उनी मध्यपूर्वका सम्भावना बोकेका एनआरएनए अभियन्ताका रुपमा चिनिन्छन् ।

एनआरएनए साउदीमा स्थापना देखी नै सक्रिय अर्यालले संघमा शालिन,क्षमतावान र कर्मशील अभियन्ताको छवि बनाउदै आएका छन । उनी एनआरएनए साउदीको संस्थापक सदस्य लगायत विभिन्न पदमा रहेर एक कार्यकाल सफल मध्यपूर्व संयोजक भएर आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन । उनले एनआरएनए अभियानमा मध्यपूर्व क्षेत्रीय संयोजक रही क्षेत्रीय बैठक ओमानमा भब्य कार्यक्रम गरेर सम्पन्न गराएका थिए । उनले उक्त सम्मेलन मार्फत एनआरएनएको मुद्दाहरूलाई संस्थागत गर्दै सम्बन्धित निकायमा सम्म पुर्याउन उल्लेखनीय भूमिका खेलेका थिए ।

अर्याल बिभिन्न पदमा रहेर काम गर्दा मध्यपूर्वका नेपाली मात्र नभइ सिंगो गैरआवासीय नेपालीको मनमा बस्न सफल भएका छन ।

सामाजिक हित र संस्थालाई मजबुत बनाउन जस्तोसुकै त्याग गर्न तयार अर्याल सबै शुभचिन्तक,साथि भाई र एनआरएनए अभियन्ताहरूसँगको छलफलपछि आफुले पुनः मध्यपूर्व संयोजकमा उम्मेदवारी दिएको बताउँछन । संघलाई विश्वभरका नेपालीको साझा संस्थाको रुपमा अघि बढाउन,गैरआवासीय नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्धता, पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने बाताबरण जुटाउन पहल गर्ने, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको सुनिश्चिता लगायतका बुँदाहरु अर्यालले चुनावी एजेण्डामा अघि सारेका छन । केही समयपछि अर्यालले आफ्नो प्रमुख चुनावी एजेण्डा पनि सार्वजनिक गर्ने बताए । अर्याललाई निर्विरोध मध्यपूर्व संयोजक बनाउन एनआरएनए अभियन्ताहरु सकृय रहेका छन । हुन त मध्यपूर्वका सबै एनसिसीहरुमा निर्विरोध नयाँ नेतृत्व आएकाले मध्यपूर्व क्षेत्रमा पनि निर्विरोध नेतृत्व चयन हुने मध्यपूर्वका पुराना एनआरएनए अभियन्ताहरु बताउँछन । अहिले सम्म अर्याल र युएईका रमेश श्रेष्ठको मध्यपूर्व संयोजकमा उम्मेदवारी परेको छ ।

मध्यपूर्व संयोजक पदका उम्मेदवार अर्यालको घोषणा पत्र निम्न रहेको छन् :

घोषणा पत्र 
१. राहत तथा उद्धार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरूलाई पुनःस्थापनाको लागि नेपाल सरकार र सरोकारवाला संग समन्वय गर्नेछु ।

२.बैदेशिक रोजगार ऐन २०६४ लाई पुर्ण रुपमा कार्यान्वयन गर्न र गराउन सरोकारवालाहरु संग पहल गर्नेछु ।
३‍. सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई सम्पुर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्नेछु ।
४. अन्य सामाजिक संघ/संस्था संग मिलेर सहकार्य गर्नेछु ।
५‍.‍‍ अन्तर्राष्ट्रिय समन्वय परिषद र मध्यपूर्वका एनसिसिहरुसँग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्नेछु ।
६. मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुको आयोजना गर्नेछु ।