२०७९ को पद्मश्री साहित्य पुरस्कार डा. देवीप्रसाद सुवेदीको उपन्यास 'मनु'लाई अर्पण गर्ने घोषणा

२०७९ को पद्मश्री साहित्य पुरस्कार डा. देवीप्रसाद सुवेदीको उपन्यास 'मनु'लाई अर्पण गर्ने घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ८, २०८०

चितवन ।  खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा निर्णायक समितिको निर्णय गरेबमोजिम वि.सं. २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास 'मनु'लाई अर्पण गर्ने निर्णय गरिएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान  जनाएको  छ । 

प्रतिष्ठानका अनुसार  प्राप्त १८० पुस्तक मध्येबाट छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण (सङ्क्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरेका थियो । त्यस मध्ये  डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई अर्पण गर्ने घोषणा गरेको हो । 


खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान अध्यक्ष,  जीवा लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा  पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनु हुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको छ ।