डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना: लक्की ड्रमा जिते भुपाजितले नगद एक लाख

डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना: लक्की ड्रमा जिते भुपाजितले नगद एक लाख

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १०, २०८०

ललितपुर । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद  एक लाख जित्नुभएको डिशहोमले जनाएको छ ।

२०८० असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानीवास भोजपुरका राईले नगद  एक लाख जित्नुभएको हो । 

डिशहोमका अनुसार  नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  
सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

 सुपरस्टार बन्ने पालो अब तपाईको । डिशहोमको Active Customer बन्नुहोस् र हरेक हप्ता Superstar  बम्परमा Megastar बन्न  डिशहोमले आब्हान समेत गरेको छ  ।

डिशहोमले दिएको जानकारी अनुसार
✔साप्ताहिक लक्की ड्रमा विजयी सुपरस्टारले पाउनेछन्
👉नगद रु १ लाख 💸
👉मिडियाम फेमस 📝
👉सेलिब्रेटी   जीवनशैली🎥

✔बम्पर लक्की ड्रमा मेगास्टारले पाउनेछन् 
👉नगद रु१० लाख💸💸
👉मिडियाम फेमस📝 👉सेलिब्रेटी जीवनशैली📽