गरिमा विकास बैंकका ग्राहकलाई  विदेशबाट पनि मोबाईल बैकिङ 'गरिमा बिग बटुवा' सुविधा उपलब्ध

गरिमा विकास बैंकका ग्राहकलाई  विदेशबाट पनि मोबाईल बैकिङ 'गरिमा बिग बटुवा' सुविधा उपलब्ध

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १०, २०८०

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने 'गरिमा बिग बटुवा' सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ ।

हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहनुहुने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्येनजर गर्दै याे सुविधा उपलब्ध गराइको को बैंकले जनाएको हो । 

अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिति रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहनुहुने ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ । 

अब विदेशमा बसि यस विकास बैंक मार्फत मोबाईल बैकिङ सेवा लिन चाहनुहुने ग्राहकमहानुभावहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्नु हुनेछ । साथै, यो सुविधा लिनु हुने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नुहुनेछ । 

साथै, बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नबाडि दिनुहुन समेत बैंकले अनुरोध गरेको छ ।