नारा,माग तथा गीतको कसीमा एकीकृत समाजवादीको 'समाजवादी जागरण अभियान'(तालिकासहित)

नारा,माग तथा गीतको कसीमा एकीकृत समाजवादीको 'समाजवादी जागरण अभियान'(तालिकासहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ११, २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले २०८० असोज १४ देखि ९०० किलोमिटरको लामो  'समाजवादी जागरण अभियान २०८०'  नामक जन अभियान सञ्चालन गर्ने  भएको छ । 

असोज १४ मेची किनारबाट प्रारम्भ हुने जन अभियान सोज २९ गते को किनारमा समापन हुने एकीकृत समाजवादीले जनाएकाे छ । 

एकीकृत समाजवादीले  'समाजवादी जागरण अभियान २०८०'  भनेको  छ 'समाजवादी जागरण अभियान को नाममा हामी जनताको घर दैलोमा पुग्नेछौं र जनताको दुख सुखमा साथ दिनेछौं। सुशासन, विकास र रोजगारी हाम्रो मूल माग हो, भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नु हाम्रो काम हो। न्यायपूर्ण समाजको निर्माण गर्नका लागि हामी सदैव जनताको साथमा हुन चाहान्छौं। देशको सीमा रक्षा गर्नु,राष्ट्रियताको सम्बर्द्धन गर्नु र जनताको शिर स्वाभिमानले उचो गर्नु हाम्रो कर्तब्य हो । हामी यही कर्तब्य निर्वाह गर्न र जनता प्रतिको जवाफदेहिता पूरा गर्न यहाँहरुको सामुन्नेमा छौ।'

समाजवादी जागरण प्रष्ट पार्दै नेकपा एकीकृत समाजवादीले भनेको छ- पार्टीको जन जनजागरण अभियानको रुपमा हामीले यहाँहरुलाई नजिकबाट चिन्ने मौका पाएका छौँ भने नेपालका लागि जनताको समाजवाद नै गरीबीको उन्मुलन गर्ने अचुक सिद्धान्त हो र कम्युनिष्टहरु नै जनता सबल र सफल हुने समाजवादको सच्चा अभियन्ता हुन्, जसको जिम्मेवारी आज नेकपा एकीकृत समाजवादीले पूरा गर्नुछ। हामी यो अभियानमा मेची देखि महाकालीका जनता र भूगोललाई जन एकता
र सद्भावको मालामा गाँसेर पहिरिनेछौँ ।'

समाजवादी जागरण अभियानमा सरिक हुन आब्हान गरदै  एकीकृत समाजवादीले भन्छ -' सबै जाति, भाषा धर्म, संस्कृति र भूगोलका जनताहरु वीचको एकताले नेपाल बनेको छ । यही एकताको जगमा नेपालीहरुले सयौ‌ं वर्षदेखि देशको स्वतन्त्रताको रक्षा गर्दै आएको छ । यो गौरवलाई बचाई राख्नका लागि नेकपा एकीकृत समाजवादी निरन्तर जनचेतना विस्तार गर्न र जन एकता सुदृढ गर्न अथक प्रयास गरि नै रहेको छ । हामी आज त्यसैको निरन्तरता रुपमा यो जन अभियानमा लामबद्ध भएका छौं। । हाम्रो पार्टीको पहलमा जनताको साथ र एकयबद्धताले नेपालले आफ्नो नयाँ स्वरुप प्राप्त गर्नेछ। आउनुहोस् हामी मिलेर हाम्रा दुःख विरुद्धमा संघर्ष गराैं। र सामाजिक मुक्ति प्राप्त गरौं।' 

समाजवादी जागरण अभियान २०८० ले तय गरेका नाराहरु 

समाजवादी जागरण अभियान २०८० ले तय गरेका मागहरु

समाजवादी जागरण अभियान २०८० ले तय गरेका गीत