अपोलो चारः सफलताको पहिलो उडान

अपोलो चारः सफलताको पहिलो उडान

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  जेठ २२, २०७६

वास्तवमा अपोलो ४, अपोलो अभियानको दोश्रो यान थियो । यो सैटर्न  ५ रकेटको पहिलो मानवरहित उडान थियो । रकेटको दुइटा चरण S IC / S II को पनि यो पहिलो उडान थियो । साथै S- IV B चरणलाई पहिलो पटक अन्तरिक्षमा पृथ्वीको कक्षामा दोस्रोपटक प्रज्वलित हुन गइरहेको थियो । 

सैटर्न ५ रकेट मानव निर्मित सबैभन्दा ठूलो वाहन थियो । यस उडानका लागि एउटा नयाँ Lunch Pad , Lunch complex उभिह घढ बनाइयो । S-IC / S II को दुबै चरणको पनि पहिलो उडान हुन गइ रहेको थियो । यस यान र रकेटमा ४०९८  परिक्षण उपकरण जडान थिए । 

पुनः यसको पूर्ण परिक्षण गरियो  र अन्ततः ६ नोभेम्बरका दिन रकेटमा इन्धन हाल्ने काम प्रारम्भ भयो । इन्धनका रुपमा द्रव अक्सिजन, द्रव हाइड्रोजन र शुद्ध केरोसिन प्रयोगमा ल्याइएको थियो । 

रकेटमा दुइटा यान राखिए, CSM - 017 (Commands & Service Module) । त्यस यानको प्रारुप थियो जुन अन्तरिक्ष यात्रीलाई चन्द्रमा धरातल सम्म पुर्‍याउने योजना अनुसारको थियो । यो मात्र ब्लाक १ अर्थात एउटा परिक्षण  यान थियो । ब्लाक २  अर्थात त्यो यान जुन मानव युक्त बनाइनु थियो । CSM- 017   मा उन्नत  किसिमका उष्मारोधी टाइल लगाइएका थिए । यसैगरी ीत्ब्( ज्ञण्च् नामक दोस्रा यान पनि यस रकेटमा राखिएको थियो । यो चन्द्र धरातलमा अवतरण गर्ने यानको प्रारुप थियो । 

२३ फेब्रुअरी १९६७ मासबै पार्टपुर्जा जोडिएर यान तयार भइसकेको थियो । तर अपोलो १ को दुर्घटनाको कटु स्मरणले पुनः यानको परिक्षण गरियो । नियन्त्रण तथा कार्य भागमा १०४७  समस्या देखिए । 
२० जुन १९६७ मा आउँदा यानमा देखिएका सबै समस्याको निदान भयो । २६ अगस्टका दिन निर्धारित तिथि भन्दा ६ महिना ढिलो यानलाई प्रक्षेपणका लागि ‘लञ्च प्याड’मा उभ्याइयो । 

उभ्याइएपछि पुनः यसको पूर्ण परिक्षण गरियो  र अन्ततः ६ नोभेम्बरका दिन रकेटमा इन्धन हाल्ने काम प्रारम्भ भयो । इन्धनका रुपमा द्रव अक्सिजन, द्रव हाइड्रोजन र शुद्ध केरोसिन प्रयोगमा ल्याइएको थियो । 

३ सय ४० लाख न्युटन बलको धक्काका साथ केनेडी  अन्तरिक्ष केन्द्रलाई हल्लाउँदै रकेट उड्यो । प्रक्षेपणका समय रकेट विस्फोट हुन सक्ने संभावनालाई मध्य नजर गरी लञ्चपैड लाई निर्माण केन्द्रबाट ६ किमी टाढा बनाइएको थियो । यति हुँदाहुँदै पनि प्रक्षेपणको धक्काबाट निर्माण कक्षको छत र पर्खाल चर्किए र कुनै कुनै स्थानमा छत खस्न पनि गयो । 

उडान सफल रह्यो । सैटर्न रकेटले S-IVB / CSM यान लाई १८५ किमी टाढाको निम्न कक्षमा स्थापित गरीदियो । पृथ्वीको दुइटा परिक्रमा पूरा गरे उपरान्त S-IVB लाई दोश्रो पटक विस्फोट गराएर १६ हजार किमी को दीर्घ वृत्ताकार कक्षमा स्थापित गराइयो । त्यसपछि पुनः CSM लाई विस्फोट गराएर १८ हजार किमी को कक्षामा स्थापित गराइयो । अन्तमा एक पटक विस्फोट गराएर ४० हजार किमी प्रति घण्टाको गतिले यसलाई पृथ्वीको वातावरणमा ल्याइयो । 

यान पृथ्वीमा निर्धारित स्थलभन्दा १६ किमी  पर अवतरण भयो, अभियान सफल रह्यो । आज पनि यो यान केनेडी अन्तरिक्ष केन्द्रमा राखिएको छ ।