प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी: शब्दकोश बाहेकका सम्पूर्ण पुस्तकहरूमा ४० प्रतिशत छुट

प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी: शब्दकोश बाहेकका सम्पूर्ण पुस्तकहरूमा ४० प्रतिशत छुट

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ११, २०८०

काठमाडौँ ।  नेपाल प्रज्ञा- प्रतिष्ठानले 'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान ' भन्ने मूल नाराका साथ   नियमित कार्यतालिका अनुसार विजयादशमी -२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ।

आमरुपमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो ।यस अवसरमा उहाँले  पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गरिएको हो ।प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालीकासम्म पुर्‍याउने लक्ष्य राखेको बताउनुभयो ।

 यस प्रदर्शनीमा भाषा,साहित्य,संस्कृति ,दर्शन,इतिहास,सामाजिक शास्त्र, कला र विज्ञानलगायतका  पुस्तकहरू राखिएको छ ।यस पुस्तक प्रदर्शनीमा  शब्दकोश बाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा विक्री गर्ने व्यवस्था गरिएको छ ।