यी हुन् अमेरिकी सदनको अध्यक्षता गर्ने पहिलो दक्षिण एसियाली महिला

यी हुन् अमेरिकी सदनको अध्यक्षता गर्ने पहिलो दक्षिण एसियाली महिला

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ २२, २०७६

वासिंगटन । अमेरिकामा विपक्षी डेमोक्रेटिक पार्टीकी सांसद् प्रमिला जयपाल (५३) संसदको तल्लो सदन प्रतिनिधि सभाको अध्यक्षता गर्ने पहिलो दक्षिण एसियाली महिला बनेकी छन् ।

उनी संसद्मा वासिंगटन डिसीको प्रतिनिधित्व गर्ने पहिलो भारतीय–अमेरिकी महिला पनि हुन् । सन् २०१५ देखि २०१७ सम्म उनी वासिंगटन प्रान्तको सिनेटकी सदस्य पनि थिइन् ।

जयपालले मंगलबार स्पिकर नैन्सी पेलोसीको सट्टा सदनकी कार्यवाही सञ्चालन गरिन् । यसबारे उनले आफ्नो ट्विटर ह्याण्डलमार्फत् भिडियो समेत सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘आज म प्रतिनिधिसभाको अध्यक्षता गर्ने बाली पहिलो दक्षिण एसियाली महिला बनेकी छु । सदनको सञ्चालन गर्नु तथा अमेरिकी इतिहासको सबैभन्दा विविध संसद्मा सेवा दिनु मेरा लागि धेरै गौरवपूर्ण छ ।’

मध्यावधि चुनावपछि विपक्षी डेमोक्रेटिक पार्टी संसद्को तल्लो समदनमा बहुमत आएको छ । गत जनवरीमा पार्टी सांसद् पेलोसीको तल्लो सदनको स्पिकर बनाइएको थियो ।
पार्टीका अन्य सदस्यले पटक-पटक अस्याथी रूपमा स्पिकरको भूमिका निभाउँछन् । यही क्रममा जयपाललाई पनि सदनको अध्यक्षता गर्ने मौका मिलेको हो ।

यो समाचार एएनआईबाट तयार पारिएको हो ।