डिशहोम: 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियानको  विजेता लाई पुरस्कार हस्तान्तरण

डिशहोम: 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियानको  विजेता लाई पुरस्कार हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १२, २०८०

काठमाडौँ ।'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उहाँको अनुपस्थितिमा उहाँको परिवार लाई नगद  1 लाख हस्तान्तरण गरेको हो ।

बाजागाजा सहित एक कार्यक्रमको आयोजना गरि सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानीवास भोजपुरका राईले नगद   लाख जित्नुभएको हो । 

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

सुपर स्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

सुपरस्टार बन्ने पालो अब तपाईको । डिशहोमको Active Customer बन्नुहोस् र हरेक हप्ता Superstar  बम्परमा Megastarबन्नुहोस् भनी आब्हान समेत गरेको छ ।
✔साप्ताहिक लक्की ड्रमा विजयी सुपरस्टारले पाउनेछन्
👉नगद रु १ लाख 💸
👉मिडियामफेमस 📝
👉सेलिब्रेटजीवनशैली🎥

✔बम्पर लक्की ड्रमा मेगास्टारले पाउनेछन् 
👉नगद रु १० लाख💸💸
👉मिडियामा फेमस📝 👉सेलिब्रेटी जीवनशैली📽