एकीकृत समाजवादीको ‘समाजवादी जागरण अभियान’: १५ दिनमा ४० सभा तथा सम्मेलन हुने जानकारी

एकीकृत समाजवादीको ‘समाजवादी जागरण अभियान’: १५ दिनमा ४० सभा तथा सम्मेलन हुने जानकारी

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १३, २०८०

झापा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले माओवादी केन्द्र सकिएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रले आफ्नो नाम नै परिवर्तन गर्न तयार भईसकेको र पार्टीको कुनै बिचार, सिद्धान्त नै नभएको बताउँदै उनले माओवादी केन्द्र सकिएको घोषणा गर्न बाँकी मात्रै रहेको बताए । 

एकीकृत समाजवादीले शनिबारदेखि आयोजना गर्न लागेको मेची महाकाली ‘समाजवादी जागरण अभियान’को पूर्वसन्ध्यामा शुक्रबार झापाको काँकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा अभियानको बारेमा जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । 

‘माओवादी केन्द्र भन्ने पार्टी पनि छ रु आफ्नो नाम नै परिवर्तन गर्न तयार भईसकेको पार्टी माओवादीसFग अब न कुनै बिचार छ न कुनै सिद्धान्त । माओवादी केन्द्र सकिएको घोषणा गर्न मात्रै बाँकी रहेको छ’ उपमहासचिव पौडेलले भने । 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि एकीकृत समाजवादीले सरकारको आफ्नो कार्यशैली जनताको हितमा हुने गरी परिवर्तन गर्न समेत सुझाव दिएको छ । एकीकृत समाजवादीका उपमहासचिव पौडेलले प्रधानमन्त्रीको यही शैली निरन्तर जारी रहे पार्टी सरकारबाट बाहिरिन सक्ने चेतावनी समेत दिए । 

जनताको हित अनुसार प्रचण्ड नेतृत्वको सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो शैली परिवर्तन गर्नुपर्ने बताए । ‘हाम्रो पार्टी संघीय सरकारमा छ । तर यही अवस्था रहिरहे सरकारमा नरहन पनि सक्छ ।  सरकारको कार्यशैली जनताको हितमा छैन् । उसले आफ्नो कार्यशैली परिवर्तन नगरे हामी सरकारबाट बाहिरिन पनि सक्छौं’ पौडेलले भने । 

एकीकृत समाजवादीले १४ असोज देखी २९ सम्म मेची महाकाली ‘समाजवादी जागरण अभियान’ सञ्चालन गरिरहेको र त्यसको सम्पूर्ण तयारी पुरा भईसकेको उनले बताउ । जागरण अभियानका व्यवस्थापन समितिका संयोजक समेत रहेका पौडेलले यो अभियान पूर्वबाट सुरु भई पश्चिममा पुगेर समापन हुने बताए । 

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले झापाको काँकडभिट्टा मेची नदीबाट सुरु हुने उक्त अभियान अन्तरगत सबै प्रदेशका प्रमुख शहरको करिब ४० सभा तथा सम्मेलन हुने बताए । साना ठूला कोणसभा, आमसभा, जनतासँग अन्तरक्रिया कार्यक्रम हुने उनले बताए । अभियानको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका शीर्ष नेताहरु पूर्वको देखी पश्चिम सम्मको कार्यक्रममा सहभागिता रहने उनले बताए । 

कार्यक्रममा पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले अभियानको बारेमा निर्माण गरिएको गित सार्वजनिक गरे । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय एवं प्रदेशका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । पार्टी अध्यक्ष नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवादी जागरण यात्रा मूल व्यवस्थापन समिति गठन भएको छ ।

झापाको काँकडभिट्टाबाट सुरु भएर सुदुरपश्चिम हुदै सुर्खेतमा समापन हुने यात्रामा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्य योजनाबारे जनतालाई बुझाइने एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता खतिवडाले बताए ।

१६ दिनसम्म चल्ने यात्राका क्रममा पार्टीका शीर्ष नेताहरु सहभागि हुने कार्यक्रम रहेको छ । पहिलो दिन १४ असोजमा काकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुने प्रवक्ता खतिवडाले जनाएका छन् । 

यसैगरी १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै १६ असोजमा राजविराज, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम रहेको छ । 

१७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर, ढल्केबर, बर्दीबास र लालबन्दीमा सभा हुनेछ । १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगञ्जमा सभा हुनेछ । त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।

२० असोजमा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै सैनामैना, चन्द्रौटा, भालुवाङ लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ ।

२४ असोजमा नेपालगञ्ज, खजुरा, मैनापोखर र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने नेकपा एसको कार्यतालिका छ । त्यस्तै २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगडी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ । २८ असोजमा छिन्चु र सुर्खेतमा अभियनअन्तर्गतका सभा आयोजना हुने एकीकृत समाजवादीले जनाएको छ ।