बाइक टुरका राइडरहरु आज पाल्पा 'रानीमहल'मा

बाइक टुरका राइडरहरु आज पाल्पा 'रानीमहल'मा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १४, २०८०

पाल्पा ।  एनटिपी मल्टिमिडिया र एक्सपल्स राइडर्स नेपाल क्लबद्वारा आयोजित गोल्डेन ट्याङ्गल बाइक टुरु का ४० जना राइडर्सहरु आज पाल्पा आइपुगेका छन् ।

काठमाडौंबाट टुर सुरु गरेको राइडर्स ग्रुप चौथो दिनमा पाल्पा 'रानीमहल' आइपुगेको हो ।

पहिलो दिन नेपाल पर्यटन बोर्डबाट फ्ल्याग(अफ गरेर सुरुवात गरिएको टुर मकवानपुरगढी हुँदै पर्सा राष्ट्रिय निकुञ्ज पुगेको थियो । क्रमशस् दोस्रो दिन हेंटौडा हुँदै राइडर्सहरु भरतपुर आइपुगेका थिए । राइडर्सहरुलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले न्यानो स्वागत गरेकी थिइन् भने स्वागत सँगसँगै (घुमौं भरतपुर) भरतपुर भ्रमण बर्ष २०२४ भव्य समारोहविच उद्घाटन गरिएको थियो ।

भरतपुर नजिकका गन्तव्यहरुको भ्रमण गरेसँगै राइडर्सको समुह भरतपुरमै बास बसेको थियो । तेस्रो दिन भरतपुरको बिदाईसँगै नारायणी किनारमा 'भरतपुरको पर्यटन र यसका सम्भाव्यता'  बारे कन्क्लेभ सञ्चालन गरिएको थियो । उक्त सेसनमा भरतपुर महानगरपालिकाका पर्यटन संयोजक विश्व सुवेदी, एफएनसिसिआई भरतपुरका अध्यक्ष चुम नारायण श्रेष्ठ र एनआरएनएका प्रवक्ता सोम सापकोटा वक्ताका रुपमा थिए भने सेसनको मोडरेट बाइक टुरका संयोजक विष्णु विवेकले गरेका थिए ।

सोहि दिन भैरहवा आइपुगेको समुहलाई नाटा लुम्बिनी प्रदेश र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीका पदाधिकारीहरुले स्वागत गरेका थिए । चौथो दिन बुटवलको जितगढी किल्लाको भ्रमणसँगै ुघुमौं जितगढी, बुझौं जितगढी र बुझाउ जितगढीु विषयमा अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो ।

रुपन्देहीका पर्यटन व्यवसायीहरुको विदाईसँगै राइडर्सको समुह पाल्पा निस्किएको थियो । दिउँसो करीब १ बजे पाल्पा आइपुगेको राइडर्स ग्रुपलाई नाटा पाल्पा च्यापटरका अध्यक्ष राजीव शाहले स्वागत गरेका थिए भने पाल्पा दरबार संग्राहलय र रानीमहलको भ्रमण पश्चात बाइक टुरको ग्रुप आज पाल्पा 'रानीमहल' मा रहने छ ।