काठमाण्डौ–नमोबुद्ध टुरिङ्ग र्‍याली र्‍याली : सय भन्दा बढिको सहभागिता

काठमाण्डौ–नमोबुद्ध टुरिङ्ग र्‍याली र्‍याली : सय भन्दा बढिको सहभागिता

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १४, २०८०

काठमाडौँ । मोटरसाईकल, मोटरिष्टहरुको विभिन्न खेल तथा टुरिङ्ग गर्ने संस्था नपाल अटोमोवाइल्स असोसिएसन (नासा नेपाल) र महिला मोटरसाइकल चालकहरुको अन्तराष्ट्रिय महासंघको नेपाल च्याप्टर विमा नेपालले उपत्यका पर्यटन कार्यालय, बागमति प्रदेश सरकारसँग मिलेर काठमाडौँ देखि नमोबुद्ध टुरिङ्ग र्‍याली यहि शनिवार साझँ सफलता पूर्वक सम्पन्न गरेको छ ।

सय भन्दा वढिको सहभागिता रहेको उक्त कार्यक्रमलाई बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उपत्यका पर्यटन कार्यालय, सानो हातिवन, ललितपुरबाट सुभारम्भ ((Flag Up)  गर्नुभयो । 

मोटरसाइकल, मोटरिष्ट र युवालाई आन्तरिक पर्यटनसँग जोडन आवश्यक साथ र सहयोग गर्न बागमति प्रदेश सरकार, पर्यटन तथा सहकारी मन्त्रालय तयार रहेको मन्त्री पुकार महर्जनले प्रतिबद्धता जनाएका थिए । 

टुरिजम एण्ड ग्रिन इन्भेष्टमेन्ट (Tourism and Green Investment)  भन्ने मुल नारा रहेको यसपालिको ४४औं विश्व पर्यटन दिवस २०२३ मा गरिएको यस ¥यालीमा इलेक्ट्रिक स्कुटर, बाइक, स्कुटर तथा विशेष क्षमताका व्यक्तिmले चलाउने ३ पांग्रे स्कुटरको समेत उल्लेखनिय सहभागिता रहेको थियो । 

बागमती प्रदेशमा अनगिन्ती पर्यटकिय स्थल रहेको र र्‍याली जस्ता कार्यक्रमहरुले विभिन्न पर्यटकिय स्थानको पहिचान, प्रर्वद्धन र प्रोत्साहन गर्न सघाउने उपत्यका पर्यटन कार्यालयका प्रमुख राजन पोखरेलले जनाएका थिए । 

नासा नेपालका  सचिव सन्तोष न्यौपाने तथा विमा नेपालकी संयोजक संन्जु बज्राचार्य कोअडिनेटर रहेको यस र्‍यालीकले युवाहरुमा  टुरिङ्ग कलचरको बिकासमा टेवा पु¥याई आन्तरिक पर्यटनको प्रवर्धन गर्ने विश्वास रहेका छ ।