प्रभुु बैंक: क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान गरी सञ्चालनमा

प्रभुु बैंक: क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान गरी सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १५, २०८०

प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोड मार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाज बाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकको त्तच् कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेन्टहरूसँग रहेको त्तच् कोड मार्फत सेवाग्राहीहरुले भुक्तानी गर्दा एसएमएस वा इमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । प्रभु बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको शुरुवात गरेको हो । 

प्रभु बैंकले ल्याएको यस नवीनतम् प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत् भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न गर्नेछन् ।

प्रभु बैंकले फोनपे पेमेण्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोनपे नेटवर्कमा आवद्ध क्यूआर  कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । फोनपे नेटवर्कमा पहिलो पटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आवद्ध क्यूआर मा भने यस अघि देखि नै ब्यबस्था मिलाई सकिएको छ । क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय सावित हुने बैंकले विश्वास लिएको छ ।