चिकित्सक कुटिएपछि केएमसीको इमरजेन्सी बाहेकका सेवा बन्द गरेर चिकित्सकहरु सड्क आन्दोनमा

चिकित्सक कुटिएपछि केएमसीको इमरजेन्सी बाहेकका सेवा बन्द गरेर चिकित्सकहरु सड्क आन्दोनमा

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १५, २०८०

काठमाडौँ  । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न चिकित्सकमाथि आइतबार कुटपिटको विषयलाई लिएर चिकित्सकहरुले आफूहरु असुरक्षित भएको भन्दै इमरजेन्सी बाहेकका सम्पूर्ण सेवा बन्द गरेर अस्पताल अगाडिका सडकमा उत्रेका छन् ।

उपचारका लागि केएमसी आएका बिरामीका आफन्तले इन्टर्न चिकित्सक डा. मनिष खड्कामाथि हातपात गरेको अस्पतालले जनाएको छ । कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले सिनामंगल क्षेत्रमा प्रदर्शनसमेत गरेका थिए । ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रेका हुन । 

मिर्गौलाको उपचार गराउन आएका बिरामीका आफन्त ३ जनाले  इन्टर्न चिकित्सक डा‍. खड्कामाथि हातपात गरेका थिए । 

एक केएमसीका एक चिकित्सकले दिएको जानकारी अनुसार ‘डाक्टरले भीडभाड नगरी बस्नु एकछिनमा उपचारको पालो आउँछ भन्दा ३ जना कुरुवाले गालीगलौच गर्दै भुइँमा पछारेर कुटपिट गर्दा डा, मनीषाको टाउको र हातखुट्टामा चोट लागेको छ ।’

चिकित्सकले कुटपिटमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्नुका साथै ३ वर्ष जेल र ३ लाख रुपैयाँ क्षतिपूर्तिको सजायका लागि कानूनी प्रकृया अगाडि नबढाएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । केएमसीका स्वास्थ्यकर्मीहरूलाई सोही कलेजमा कार्यरत चिकित्सक र विद्यार्थीहरुले  सडकमा नै उत्रेर साथ दिइरहेका छन् । 

काठमाडौं प्रहरीले इन्टर्न चिकित्सक डा. मनिष खड्का  कुटेको आरोपमा २ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम रहेका छन् । आरोपीलाई म्याद थपेर अनुसन्धान अगाडि तयारी प्रहरीले जानकारी दिएको छ ।  काठमाडौं मेडिकल कलेजका महाप्रवन्धक नारायाणी दाहालले अस्पतालको नियमित सञ्चालन गर्ने विषयमा चिकित्सकसँग एक खालको सहमती भइ सकेको जानकारी दिए र भोली देखि नियमित सेवा सुचारु हुन्छ ।  महाप्रवन्धक  दाहालले कलेजले घट्ना घट्ना साथ कलेजको तर्फ निवेदन प्रहरीमा दिएको तर प्रहरीमा  इन्टर्न चिकित्स डा. मनिष खड्काको तर्फबाट किटानी जाहेरी दिने काम कलेजकै पहलमा भएकाे र यसको  जानकारी  केएमसी अस्पतालले घटनाबारे नेपाल चिकित्सक संघलाई समेत पत्राचार गरेर जानकारी दिए । 

केएमसी अगाडि आन्दोलनरत चिकित्सकहरु फरार एक जनालाई गिरफ्तार गर्न र कुटपिटमा संलग्नहरुलाई  अनुसन्धान गरी कार्यबाही अगाडि बढाउन दबाब सृजना गर्न गौशला प्रहरी घेराउ गरि रहेका छन् ।