२४ घण्टा भित्र १ वर्षको रिचार्ज गर्नेलाई २ बर्ष सम्म फाइवरनेट डिशहोम उपलब्ध गराउने

२४ घण्टा भित्र १ वर्षको रिचार्ज गर्नेलाई २ बर्ष सम्म फाइवरनेट डिशहोम उपलब्ध गराउने

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १५, २०८०

 ललितपुर ।आज असोज १५ गते १२ बजे देखी भोली असोज १६ गते १२ बजे सम्म डिशहोम फाइवरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ बर्ष सम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने डिशहोमले जनाएको छ । 

चीनमा जारी एशियन गेम्स्को क्रिकेट खेलमा क्वाटर फाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ ।सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो ।

सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाइवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय इन्टरनेट सेवालाई प्रदान गर्दै आईरहेको छ ।